‘सुन दिवानी दिल के रानी’ म्युजिक भिडियो सार्वजनिक(भिडियो हेर्नुहोस्)

‘सुन दिवानी दिल के रानी’ म्युजिक भिडियो सार्वजनिक(भिडियो हेर्नुहोस्)

राजविराज । मैथिली गीत सङ्गीतको क्षेत्र केही समययता एकपछि अर्को म्युजिक भिडियोहरु निर्माण हुने क्रम बढ्दैगएको छ । पछिल्लोपटक शुक्रवार ‘सुन दिवानी दिल के रानी ’बोलको मैथिली गिती म्युजिक भिडियो रिलिज भएको हो ।

मैथिली गायक दिपक शर्मा र मुन्चुंन प्रियाको सुमधुर स्वरमा सजिएको उक्त गीतमा सरोज आर्यन यादव र तारा अधिकारीले मोडलिङ्ग गरेका छन् । म्युजिक भिडियोको निर्देशन चर्चित कलाकार निरञ्जन मेहताले निर्देशन गरेको छन् । सङ्गीत संयोजन दिपेन्द्र रामले गरेका छन् । सप्तरी जिल्लाकै विभिन्न प्राकृतिक एवम् मनोरम स्थलहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा शब्द रचना निरञ्जन मेहताको रहेको छ । सम्पादन एवम् छायाङ्कन चुनु शर्माले गरेका छन् । उक्त म्युजिक भिडियोले स्तरीयतालाई कायम राख्दै दर्शकहरुको मन जित्न अग्रसर देखिएको छ ।

भिडियो हेर्नुहोस्

About Saurav Yadav

लेखक शौरभ यादव पत्रकारिता सहित बालअधिकार, महिला र खेलकुदका विषयमा कलम चलाउनुहुन्छ ।