Press Release : २०७६।०३।१७ – जिल्ला प्रहरी कार्यालय सप्तरी

Press Release : २०७६।०३।१७ – जिल्ला प्रहरी कार्यालय सप्तरी

जिल्ला प्रहरी कार्यालय सप्तरी
फोन नम्बरः-१००/०३१५२१४४१
मोवायल नं.९८५२८९०२७० सुचना अधिकृत:-९८५२८९०३२७
E-Mail : – [email protected]

Press Release : मिति:-२०७६।०३।१७ गते ।

१.डुवी मृत्यु भएको :-
मिति २०७६/३/१६ गते अं.१८:४० बजेको समयमा जिल्ला सप्तरी कंचनरुप न.पा.२ बरमझिया स्थित ऐ.ऐ.बस्ने मुरसिप शेखको छोरा बर्ष ४ को सहप शेख घर नजिकैको सरकारी पोखरीको पानीमा खेल्ने क्रममा डुबी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिगई प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरी थप अनुसन्धान कार्य भईरहेको ।

२.वेवरिसे लास फेला परेको :-
मिति २०७६।०३।१६ गते अ.१८;२० बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा.१ भारदह स्थित खेतमा जमेको पानीमा तत्काल पहिचान नखुलेको वर्ण श्याम्लो, उचाई ५.७ ईन्च, तालु खुईलिएको, घाटिमा मोतिको जस्तो देखिने हार लगाएको, कलेजि रंगको सेण्डो लगाएको, अं. ३२/३५ वर्षको तराई मुलुकको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी घट्नास्थलमा पुगी उक्त लाशलाई पानीवाट बाहिर निकालि अनुसन्धान कार्य भईरहेको ।

३.मानिसको मृत्यु भएको :-
मिति २०७६।०३।१६ गते राती जिल्ला सप्तरी डाक्नेश्वरी न.पा.९ मुत्तनी खोला पुलको पश्चिम साईडको खेतमा जिल्ला सप्तरी राजगढ गा.पा. ५ बस्ने वर्ष ६० को सकलदेव राम मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिगई प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरी थप अनुसन्धान कार्य भईरहेको ।

सुचना अधिकारी

जिल्ला प्रहरी कार्यालय सप्तरी