संविधान दिवशको अबसरमा महुली सामुदायिक विकास केन्द्रद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

संविधान दिवशको अबसरमा महुली सामुदायिक विकास केन्द्रद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

संविधान दिवस २०७७ को अवसरमा आज असोज ३ गते शनिवार महुली सामुदायिक विकास केन्द्रले आफनै कार्यालयको सभाहलमा Stepping up Youth Engagement अन्तर्गत “दिगो विकास लक्ष्य परिपूर्ति गर्न समुदायमा युवाहरुको भूमिका र नेपालको संविधान २०७२: एक अन्तरक्रिया कार्यक्रम”  आयोजना गरेको छ ।

सप्तरी जिल्लाको अग्निसाइरकृष्णासवरण गाउँपालिकाको विभिनन वडामा रहेको पास समुहका सदस्यहरु तथा युवाहरुको सहभागिता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री परशुराम चौधरी ज्यूको प्रमुख आतिथ्यमा, वडा नं. ४ र ६ का वडा अध्यक्ष क्रमशः श्री तेज नारायण यादव र श्री कुसुम आचार्य, महुली सामुदायिक विकास केन्द्रका पदाधिकारीहरु, छ वटै वडाका युवाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा दिगो विकास लक्ष्यको १७ वटा विषयहरु मध्ये खासगरी दिगो विकास लक्ष्यको ११ नं. बुँदाको “दिगो सहर र दिगो समुदाय” को लागि युवाहरुको भुमिकाको वारेमा अन्तरकृया गरिएको थियो । अन्तरकृयाको क्रममा नेपालको संविधान २०७२ ले दिएको आवासको अधिकार अन्तर्गत यस गाउँपालिका भित्रका गरिव, दलित समुदायलाई ह्याविट्याट फर ह्युम्यानीटी नेपालको थप आर्थिक प्राविधिक सहयोगमा प्रदान गरिएको अवास धनीहरुलाई स्थानीय सरकारको नियमानुसार तत्काल उक्त आवासमा बसोबास तथा भोगचलनको अधिकार दिईने गाउँपालिकाले जनाएको छ । सो अधिकारको लागि उपस्थित युवाहरुले माँग गरेको थियो । महुली सामुदायिक विकास केन्द्रको अध्यक्ष श्री राम लगन मण्डर को अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष गणेशी प्रसाद चौधरी, उपाध्यक्ष आशा कुमारी चौधरी, कार्यकारी सचिब तथा निर्देशुक प्रभु नारायण चौधरी, सल्लाहकार श्री श्यामकान्त चौधरी का साथै ह्याविट्याट फर ह्युम्यानीटी नेपालका कार्यक्रम अधिकृत इन्जिनीयर राजिब बर्माले युवाको भूमिका सम्बन्धमा आ–आफनो सल्लाह सुझाव राख्नु भएको थियो ।

छाना कार्यक्रमको कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले संचालन गरेको सो कार्यक्रम महुली सामुदायिक विकास केन्द्र, सप्तरी र ह्याविट्याट फर ह्युम्यानीटी नेपालको संयुक्त परियोजना Stepping up Youth Engagement ले आयोजना गरेको थियो ।