सप्तरीमा आत्महत्याः विकराल समस्याको रुप लिंदै

सप्तरीमा आत्महत्याः विकराल समस्याको रुप लिंदै

सप्तरी जिल्लामा पछिल्लो समय १४ वर्षे बालकदेखि ७० वर्षसम्मकाले आत्महत्या गर्ने गरेको पाईएको छ । प्रत्येक महिना १०–१२ जनासम्म पासो लगाएर आत्महत्या गर्ने गरेको छ भने प्रत्येक महिना विषादी सेवन गरी मृत्यु हुनेको संख्या ५ जनासम्म रहेको छ ।

दैनिक जसो विषादी सेवन गरी आत्महत्या गर्नेहरु अस्पताल भर्ना हुने गरेको छ । जसमध्ये अधिकांशको लामो उपचार पश्चात ज्यान जोगिने गरेको छ । तर झुण्डिएर आत्महत्या गर्नेहरुलाई बचाउन सकिने सम्भव पनि छैन । व्यापक असन्तुष्टि, बेरोजगारी, असिमित चाहना, बिलासिता, प्रेम प्रसङ्ग, बिछोड, झैं–झगडा, पारिवारिक तनाव, चरम गरीबी, वृद्ध मातापितालाई वेवास्ता लगायतका विषयहरु मुख्य कारक तत्वको रुपमा रहेको पाईएको छ । विद्यालय पढ्ने बालबालिका, युवा तथा ७० वर्षको वृद्ध समेत जिन्दगीबाट विरक्तिएर आत्महत्या गर्ने गरेको छ । १५ देखि ४० वर्ष उमेर समूहका महिलाहरुको संख्या समेत अत्यधिक नै छन् । पहिला त वर्षमा दुई चार आत्महत्याको घटना हुन्थ्यो तर अहिले त दिनुहुँजसो सुनिन थालिएको छ । फरक यतिमात्रै हो मिडियामा आत्महत्याका समाचारहरु छापिदैन । किनभने यस्ता समाचारले नकारात्मक प्रभाव पार्ने हुन्छ ।

आज मात्रै प्रहरी सूचना बुलेटीन हेर्दा तीन जनाले आत्महत्या गरेको छ । यो विषय पटक–पटक मिडियामा उठाउँदैआएको छु । सरकार हाँक्नेहरु समक्ष पनि कुरा राख्दैआएको छु । तर कुनै सुनुवाई भएको छैन । यो सामान्य होइन, सरकार हाँक्नेहरु । अहिले जनचेतनाको नाममा करोडौं अबौं रुपैयाँ सरकारले खर्चिरहेको छ । तर यो विषय प्राथमिकतामा परेको छैन । सरकार गम्भीर हुनुस् । यो सानोतिनो समस्या होइन, विकराल समस्याको रुप लिंदैछ । कारण पत्ता लगाई समाधान खोजियोस् । मैले बुझे अनुसार सप्तरी मात्र नभई तराई मधेशका अन्य जिल्लाहरुमा समेत यस्तै भयावह अवस्था छ । यहाँहरुलाई यो समस्या जायज लाग्छ भने कृपया कमेन्ट र शेयर गरी सरोकारवालासम्म पुर्याउनमा सहयोग गरिदिनुहुन अनुरोध छ । यो सानोतिनो समस्या होइन, विकराल समस्याको रुप लिंदैछ ।

तस्विरः जिल्ला प्रहरी कार्यालय सूचना

About Shyamsundar Yadav

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।