निर्माण सामग्री आपूर्ति सम्बन्धी शिलबन्दी कोटेशन आव्हान गरिएको सूचना !

निर्माण सामग्री आपूर्ति सम्बन्धी शिलबन्दी कोटेशन आव्हान गरिएको सूचना !

सप्तरी जिल्लाको शम्भूनाथ नगरपालिका, Habitat For Humanity Nepal र महुली सामुदायिक विकास केन्द्र, सप्तरीको त्रिपक्षीय सम्झौतामा सोहि नगरपालिकाको वडा नं. २ कनकपटीमा सञ्चालन हुन गईरहेको छाना कार्यक्रम अन्तर्गत निर्माण हुने आवास घरहरुको लागि निर्माण सामग्रीहरु कोटेशन स्वीकृत भएपछि सो सम्बन्धी गरिने सम्झौता बमोजिम खरीद गरिने भएकोले आवास निर्माणको लागि लागि चाहिने आवश्यक निर्माण सामग्रीहरु के कती दर रेटमा आपूर्ति वा उपलव्ध गराउन सकिने हो तपसिलमा उल्लेभित सामग्रीहरुको दर रेट सम्बन्धी शिलबन्दी कोटेशन मिति २०७७ भाद्र २७ गते कार्यालय समय भित्र पेश गर्नु हुन सम्बन्धित आपूर्तिकर्ता / फर्महरुमा अनुरोध छ । सामग्रीहरुको सूचि, परिमाण र विशिष्टीकरण (Specification) संस्थाको वेव साइट www.mcdc.org.np मा प्रकाशित सूचनामा हेर्न सकिनेछ वा कार्यालयमा सम्पर्क गरी लिन सकिनेछ ।

शर्तहरुः

१. कोटेशन मिति २०७७ भदौ २७ गते कार्यालय समय भित्र यस कार्यालयमा दर्ता गरिसक्नुपर्ने छ ।
२. सामग्री दर र्ट भ्याट सहितको उल्लेख गर्नुुपर्ने छ । कोटेशन स्वीकृत भई खरिद आदेश भएकोे मितिले ७ दिनभित्र सामग्री उपलव्ध गराउनुपर्ने छ ।
३. सामग्री परियोजना स्थल सप्तरी जिल्लाको शम्भूनाथ नगरपालिका वडा नं.२ कार्यस्थल कनकपटी सम्म पुर्‍याउने / नपुर्‍याउने स्पष्ट उल्लेख गर्नुपर्ने छ ।
४. कोटेशन स्वीकृत भए पश्चात यस संस्थासंग कम्तीमा ३ देखी ६ महिनाको लागि आपूर्ति सम्झौता गर्नुपर्नेछ ।
६. कोटेशन स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
नोटः न्युनतम दर रेट रहेका स्थानिय जिल्ला भित्रको आपुर्तिकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखिनेछ तर उल्लेखीत स्पेशिफिकेशन भएको सामग्री मात्र स्वीकार गरिनेछ ।

कोटेशन पेश गर्दा तपसिलका कागजातहरु अनिवार्य कोटेशन संगै अनिवार्य पेश गरेको हुनुपर्नेछ, कागजात पेश नभएको कोटेशनमाथी कुनै निर्णय हुनेछैन ।
१. फर्मको दर्ता प्रमाणपत्र । आ.व. २०७६/०७७ को नविकरण सहितको प्रतिलिपी ।
२. भ्याट÷प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी । आ.व. २०७५/०७६ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।

महुली सामुदायिक विकास केन्द्र, सप्तरी

केन्द्रिय कार्यालय
अग्निसाईर कृष्णासवरण–५, बकधुवा
महुली
सम्पर्क नं. ९८०१५२७८८४ / ९८०१५४९९०५ / ९८०१५२७८८७