सप्तरी महिला प्रिमियर लिगः दोश्रो दिन रोमान्चक खेलमा खडकद्धारा राजबिराज पराजित

सप्तरी महिला प्रिमियर लिगः दोश्रो दिन रोमान्चक खेलमा खडकद्धारा राजबिराज पराजित

१४ असार, राजबिराज ।
राजबिराज स्थित प.बि.मा.बि.को क्रिकेट मैदानमा संचालित सप्तरी महिला प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको रोमान्चक खेलमा खडकद्धारा राजबिराज सिस्का एन्जलसलाई ७ रनले पराजित गरेको छ ।

खडकका कप्तान सरस्वती चौधरीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै ब्याटिंग गर्न ओर्लेको खडकले निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय १० रनको योगफल तयार पारेका थियो । खडकका लागि कप्तान सरस्वती चौधरीले ५३ बलमा ३ चौक्काको मद्धतले ३६ रन, काजल श्रेष्ठले २४ बलमा २ चौक्काको मद्धतले २० रन तथा कविता गौतमले १८ रनको योगदान दिएका थिए । बलिंग तर्फ राजबिराज सिस्का एन्जलका तर्फबाट सबनम राईले ४ ओभरमा २० रन दिई २ बिकेट तथा नेरि थापा, सम्झना खडका र अस्मीना कर्मचार्यले सामान १ बिकेट लिएका थिए ।

१ सय ११ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराज सिस्का जाईन्स एक सम १७ ओभरमा ५ बिकेटको नोक्सानीमा ९४ रन जोडिसकेता पनी २० ओभरमा ९ बिकेट गुमाई १ सय ३ रनमै समेटिएको थियो । राजबिराज सिस्काका लागि कप्तान नेरि थापाले उत्कृष्ट पारि खेल्दै ४९ रन ६ चौक्काको मद्धतले निर्माण गरेता पनी उनी ९ औं बिकेटको रुपमा पिचबाट बारिएका थिए । उनलाई कविता जोशि २७ ले राम्रो साथ दिएका थिए । दुवै बिच चौथो बिकेटको लागि ६० रनको साझेदारी भएको थियो । अन्य खेलाडिमा सरिता मगर १२ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएनन ।

बलिंग तर्फ खडकका कविता गौतमले घातक बलिंग गर्दै ४ ओभरको आफनो स्पेलमा १८ रन दिई ४ महत्वपुर्ण ४ बिकेट लिएका थिए । कविता बाहेक सन्तोषि चौधरी, सरस्वती चौधरी र रश्मी शर्माले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच खडकका कविता गौतम भएका थिए ।