सप्तरी महिला प्रिमियर लिगः सुरुंगा र खडक फाईनलमा

सप्तरी महिला प्रिमियर लिगः सुरुंगा र खडक फाईनलमा

१५ असार, राजबिराज । सबल नेपालको आयोजनामा प.बि.मा.बि. राजबिराजको क्रिकेट मैदानमा संचालित सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता अन्र्तगत आईतवार भएको अन्तिम खेलमा सुरुंगा नगरपालिकाले राजबिराज सिस्कालाई ३४ रनले पराजित गर्दै सोमवार हुने फाईनल खेलको लागि आफनो स्थान पक्का गरेको छ ।

आईतवार सम्पन्न खेलमा सुरुंगाका कप्तान रुविना क्षेत्रिले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको योगफल तयार पारेका थिए । सुरुंगाका लागि कप्तान रुविना क्षेत्रीले ३६ बलमा ४ चौक्काको मद्धतले ३८ तथा रोमा थापाले ३८ बलमा ४ चौक्काको मद्धतले ३५ रनको योगदान दिएका थिए । दुवैले दोश्रो बिकेटका लागि ६९ रन जोडेका थिए । रुविना र रोमा बाहेक अपसरी बेगमले १७ बलमा २ चौक्काले नटआउट रहि १८ तथा संगिता राईले १० रनको योगदान दिएका थिए । बलिंग तर्फ राजबिराजका तर्फबाट नेरी थापाले २ तथा अस्मिना कर्मचार्य र कविता जोशिले सामान १ बिकेट लिएका थिए ।

१ सय १९ रनको चुनौति लिई मैदानमा ओर्लेको राजबिराज सिस्का एन्जलस सुरुंगाको घातक बलिंग सामु निरिह हुदै २० ओभरमा ७ बिकेटको नोक्सानीमा ८४ रनमै समेटिएको थियो । राजबिराजलाई सस्तोमा समेटन सुरुंगाका अफसरी बेगमले आर्कषक बलिंग गर्दै ४ ओभरमा १२ रन दिई महत्वपुर्ण २ बिकेट लिएका थिए भने सोमु बिष्ट र निशा साहले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुरुंगा नगरपालिकाका अफसरी बेगम भएका थिए ।

सुरुंगा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेन संगको सहकार्यमा सबल नेपालद्धारा गत १३ गते देखि संचालित प्रतियोगिताको फाईनल खेल असार १६ गते सोमवार सुरुंगा र खडक बिच बिहान ७ बजे देखि हुने जानकारी आयोजक समितिका रोशन मण्डलले जानकारी गराउनु भएको छ ।