समस्यै समस्याले जकडिएको राजविराजको राजरंगशाला

समस्यै समस्याले जकडिएको राजविराजको राजरंगशाला

राजविराज । स्थानीय स्तरका विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना हुदै आएको राजविराज स्थीत राजरंगशाला आवश्यक मर्मत एवम् संरक्षणको अभावमा अहिले गौचरणमा परिणत हुनुका साथै औधोगिक मेला र राजनितिक दलका सभा गर्ने स्थलको रुपमा प्रयोग हुन थालेको छ ।

खेलकुद गतिविधिका लागि बनाइएका रंगशाला जिर्ण तथा अतिक्रमणको चपेटामा परिसक्दा पनि रेखदेख र मर्मत तथा सम्भार तर्फ सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि खेलकुद गतिविधि ठप्प भई औधोगिक मेला, भोजभतेर तथा राजनितिक दलका सभाका लागि प्रयोग हुन थालेको हो । रंगशालाको ७ हजार दर्शक अटाउँने क्षमता भएको प्यारापिट जिर्ण हुदाँ समेत मर्मत सम्भार हुन नसकीरहेको अवस्थामा प्यारापिट मुनी वषौँदेखी केही व्यक्तिहरु बसोबास गर्दै आइ रहेका छन् ।

प्यारापिट नै अतिक्रमण गरि विगत २० वर्ष देखी २ दर्जन परिवार बसेपनि खाली गराउँन सकिएको छैन । रंगशालाको स्वामीत्व राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकुद विकास समिमिलाई दिएको थियो । तर अतिक्रमीत स्थान खाली गराउँन समितिले पनि खासै पहल गरेको देखिएको छैन । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमूख दिनेश भुजेलले पटक पटक अतिक्रमीत स्थान खाली गर्न प्यारापीट मुनी बस्दै आएकाहरुलाई सूचना पठाएपनि नटेरेको लाचारी सुनाए । उनले अतिक्रमण हटाउँन अन्य निकायबाट पनि सहयोग नपाएको गुनासो पोखे । अत्यन्तै जिर्ण अवस्थामा पुगेको प्यारापीट भत्केर कुनै बेला पनि ठुलो दुर्घटना हुन सक्ने भन्दै पटक पटक बस्ती खाली गराउँन जादाँ ’हामी र्दुघटना भएँ आफै जिम्मेबार हुनेर्छौ’ भनेर त्यहाँ बस्‍नेहरुले जबाव दिने गरेको समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको भनाइ छ ।  प्यारापीट जिर्ण र अतिक्रमण हुनु र सोही कारणले विगत १५ वर्षदेखी रंगशालाको खेल मैदानमा कुनै पनि प्रतियोगिता र अभ्यास सम्म हुन सकेको छैन ।

अहिले खेल मैदान वरिपरि दिशा पिसाब गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । २०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्य बहादुर गुरुङ्गको पालामा निमार्ण भएको राजरंगशाला पानी निकासको समस्याले वर्षायाममा जलमग्न समेत हुने गरेको छ । २ बिघा ७ कठा ४ धुर जग्गामा फैलिएको राजरंगशालाको लथालिङ्ग अवस्था प्रति पटक पटक खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदमा लिखित तथा मौखिक ताकेता गर्दा पनि आश्वासन बाहेक केहीँ नपाइएको स्थानिय खेलाडी तथा खेलप्रेमीको गुनासो छ ।

लथालिङ्ग अवस्थामा रहेको रंगशालाका कारण खेलकुद गतिविधी प्रायः ठप्प छ । जसकारण नयाँ खेलाडी उत्पादन हुन त परैजाओस् पुराना खेलाडी पनि पलायन हुन थालेको भन्दै खेलाडी तथा खेलप्रेमीले अविलम्ब यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्ने माँग गरेका छन् ।

 

About Saurav Yadav

लेखक शौरभ यादव पत्रकारिता सहित बालअधिकार, महिला र खेलकुदका विषयमा कलम चलाउनुहुन्छ ।