पत्रकारहरुको समस्या समाधानका लागि महासँघले बिशेष पहल गर्नुपर्नेः प्रदेश प्रमुख कायस्थ

पत्रकारहरुको समस्या समाधानका लागि महासँघले बिशेष पहल गर्नुपर्नेः प्रदेश प्रमुख कायस्थ
ब्रम्हानन्द ठाकुर ।
आसार ८, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारहरुको आन्तरिक समस्यालाई समाधान गर्न महासँघले बिशेष उपाय अपनाउनुपर्ने बताउनुभएको छ ।
दुधमती साप्ताहिक पत्रिकाको चौथो बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले पत्रकारहरुको बिभिन्न किसिमका आन्तरिक समस्यालाई समाधान गर्न महासँघले उचित सुझबुझका साथै पत्रकारहरुको गरिमा बचाई उनीहरुको मनोबल उच्च राख्ने काम गर्नुपर्ने बताउनुभएको छ ।
कमी कमजोरी हरेक क्षेत्रमा हुने भएकोले पत्रकारहरुको छनौट तथा मुल्याँकन सही तरीकाले हुनुपर्ने धारणा समेत राख्नुभएको छ ।
त्यस्तै सोही कार्यक्रममा प्रदेश नं. २ का बिपक्षी काँग्रेसका सँसदीय दलका नेता राम सरोज यादवले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ ।
यस्तै , प्रदेश सभा सदस्य मञ्जु यादवले प्रदेश २ मा आफुलाई सुशासनको अनुभुति हुन नसकेको गुनासो पोखेकी थिईन ।
यस्तै, प्रदेश सभा सदस्य राम अशिष यादवले पत्रकारहरुको आलोचना गर्नुभन्दा पनि उनीहरुको हक हितमा बोलिदिने कोही नभएको बताउनुभएको छ । उहाँले पत्रकारहरुको बिमा, सुरक्षा तथा न्युनतम पारिश्रमिकका बिषयमा कसैको ध्यान केन्द्रित हुन नसकिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
दुधमति साप्ताहिक पत्रिकाले प्रत्येक बर्ष झै यस बर्ष पनि दुधमति व्यबसायिक सम्मान औषधि व्यबसायी प्रमोद अग्रवाललाई र पत्रकारिता सम्मान पत्रकार महासँघका केन्द्रिय सदस्य शैलेन्द्र झालाई गरेको छ ।
कार्यक्रममा पत्रकार महासँघ धनुषाका अध्यक्ष अनिल मिश्रका साथै करीब डेढ दर्जन वक्ताहरुले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।