नियमित शिक्षक नआउँदा पठन पाठन प्रभावित

नियमित शिक्षक नआउँदा पठन पाठन प्रभावित

राजविराज,असार १० गते । सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित रहेको सोनरा राष्ट्रिय प्राथमिक विद्यालयमा नियमित शिक्षक नआउँदा पठन पाठन प्रभावित भएका छन् ।

यस विद्यालयमा १ सय ७० विद्यार्थीमा १ जना दरबन्दीमा १ जना राहतमा र १ जना बालविकासमा गरी ३ जनाले पठन पाठन गर्दै आएकोमा दरबन्दीमा रहेको प्रधानाध्यापक बसन्द कुमार चौधरी तालिममा विहिबार सहभागी हुँदा बालविकासका राजकुमारी यादव घरायसी काम देखाउँदै विद्यालय नआउँदा राहतका शिक्षक रामदेव यादवले समेत केही समय विद्यार्थीहरुलाई पढाएर विदा दिएर आफु पनि घर गएको स्थानिय अभिभावक अवकास प्राप्त सशस्त्रका डिएसपी उपेन्द्र प्रसाद मण्डलले संचारकर्मी सँग गुनासो पोखे । उनका अनुसार सामुदायिक विद्यालयहरुमा शिक्षकहरु नियमित नआउनुको साथै आएर पनि पुरा समय विद्यालयमा पठन पाठन नगरेको कारण सामुदायिक विद्यालयबाट विद्यार्थीहरुलाई अभिभावकहरुले बोर्डि· स्कुलहरुमा पढाउन बाध्य भएको बताए । मण्डलका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव यादवले समेत विद्यालयको अध्ययन अध्यापन र व्यवस्थापन पक्षमा भईरहेको कमी कमजोरी तर्फ ध्यान नपुर्याउनु सकेको कारण विद्यालयको दुरावस्था पुगेकोमा चिन्ता व्यक्त गर्नु भयो ।

महादेवा गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुको अनुगमन र निरिक्षण समय समयमा गा.पा.का अध्यक्ष दिपक कुमार यादवबाट हुन नसकेको कारण वडा नं. ५ स्थित रहेको। भगवती रा.प्रा.वि.मा वडा कार्यालय र वडा नं. ६ स्थित रहेको बजरंग आधारभुत विद्यालय ढिकलीमा शहरी स्वास्थ्य क्लिनिक संचालनमा रहेको छ । त्यस्तै अवस्था स्वास्थ्य संस्था र अन्य कार्यालयहरु समेत रहेको छ । यस्ता किसिमको गतिविधि माथि गा.पा.का जिम्मेबार पक्ष गैर जिम्मेबार भएको कारण विद्यालय र स्वास्थ्य संस्थाहरुको अवस्था दैनिय रहेको स्थानिय बुद्घिजिवीहरुको आरोप रहेको छ।

About Saurav Yadav

लेखक शौरभ यादव पत्रकारिता सहित बालअधिकार, महिला र खेलकुदका विषयमा कलम चलाउनुहुन्छ ।