डाक्नेश्‍वरीले चुम्यो मेयर कप सप्तरी प्रिमियर लिग २ को उपाधि

डाक्नेश्‍वरीले चुम्यो मेयर कप सप्तरी प्रिमियर लिग २ को उपाधि

८ असार, राजबिराज ।
डाक्नेश्वरी ड्रागन्सले रोमान्चक खेलमा रुपनी राइर्डसलाई २ रनले पराजित गर्दै मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ को उपाधि चुमेको छ ।

प.बि.मा.बि.को क्रिकेट मैदानमा डाक्नेशवरीले टस जिती पहिलो व्याटिंग गर्न ओर्लेको रुपनीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । उसको लागि सन्तोष कार्कीले सर्वा्धिक १९, सोनु अन्सारीले १८, मुकेश यादबले १६ तथा हसिम अन्सारी, मेहबुब आलम र अनोज यादबले समान १४ रन बनाए । बलिंग तर्फ डाक्नेश्वरीको दिपेश कंडेल, पुष्प थापा र प्रेम तामांगले २र२ विकेट लिएका थिए भने रोबिन सिंहले १ विकेट लिए ।

१ सय १६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको डाक्नेश्वरी ड्रागनले अन्तिम बलमा ८ विकेट गुमाएर रोमान्चक जित हासिल गरेका थिए ।

जितको लागि एक समय २४ बलमा ३४ रन आवस्यक हुँदा कप्तान पुष्प थापाले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाएर टिमलाई जित नजिक पुर्याएका थिए । थापाको विकेटपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो ।

डाक्नेश्वरीको जितमा ओपनर बिशाल सुश्लिंगले सर्वा्धिक ३८ रन बनाए । यस्तै कप्तान पुष्प थापाले २१, अविनाश कर्णले २० तथा राहुल मण्डलले १५ रन बनाए । रुपनी राइडर्सको बलिंगमा सैदुल्लाह अन्सारीले सर्वा्धिक ३ विकेट लिए । यस्तै अनोज यादबले २ विकेट तथा प्रदिप पासवान र मेहबुब आलमले १र१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पुष्प थापा चुनिए।

उपाधि सहित डाक्नेश्वरीले २ लाख रुपैयाँ हात पार्यो भने उप(विजेता रुपनी राइडर्सले १ लाख रुपैयाँमा चित्त बुझाएका थिए ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी डाक्नेश्वरी ड्रागन टिमका राहुल मण्डल चुनिए जसले १५ हजार रुपैयाँ पाए । यस्तै उत्कृस्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अन्सारी तथा उत्कृस्ट बलर डाक्नेश्वरी ड्रागनका रोबिन सिंह घोषित भए । उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैयाँ प्राप्त गरे । रुपनी राइडर्सका अनुज यादब उदयमान खेलाडी घोषित भए जसले क्रिकेट ब्याट पुरस्कार पाएका थिए ।

समापन समारोहमा पुरस्कार वितरण राजविराज नगरपालिकाका मेयर सम्भुप्रसाद यादव, उप(मेयर साधना झा, भिम दल गणपतिका प्रमुख सेनानी गुप्त बहादुर कुँवर, राजविराज नगरपालिका वडा नम्बर(५ का वडाध्यक्ष समिर कुमार झा, सप्तरी क्रिकेट संघका पुर्व अध्यक्ष शैलेश कुमार चौधरी लगायतले गर्नु भएको थियो । समारोहमा खेलकुद पत्रकार मंच सप्तरीका अध्यक्ष मनोज कुमार माझि, सिस्का एलइडीका पुर्वान्चल प्रोपाइटर गोपी कुमार सिंह, सिस्काकै पुर्वान्चल म्यानेजर विवेक चौरसिया, ग्रिन नेपालका अध्यक्ष खिलानन्द दास, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, लक्ष्मी जलका प्रोपाइटर आशिष सिंह, सप्तरी लायन्स क्रिकेट एकेडेमीका कोषाध्यक्ष गजेन्द्र माझि, राजविराज नपा वडा नम्बर(५ का सदस्य गंगा सागर गुप्ता, बजाज खडक वारियर्सका प्रोपाईटर मोहम्मद अनवर अलि लगायतको उपस्थिति रहेको थियो ।

राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजना संचालित प्रतियोगितामा कुल ५ टोलिको सहभागी रहेका थिए ।