प्रदेश प्रमुख कायस्थ र महालेखापरीक्षक शर्मा बिच भेटघाट

प्रदेश प्रमुख कायस्थ र महालेखापरीक्षक शर्मा बिच भेटघाट
ब्रम्हानन्द ठाकुर । माघ १७, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र महालेखापरीक्षक टंकमणि शर्माबिच भेटवार्ता भएको छ ।
बिहिबार बिहान भएको सो भेटवार्ताका क्रममा लेखापरीक्षणको कामलाई कसरी प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा एक आपसमा छलफल भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताएका छन ।
भेटवार्ताका क्रममा सवैँधानिक निकायबाट भएको अनुगमण अत्यन्तै सराहनीय रहेको प्रदेश प्रमुखको भनाई थियो । सो भेटमा महालेखापरीक्षक शर्माले आफु सँघ, प्रदेश र स्थानिय तहसँग आवश्यक छलफलका लागि सात वटै प्रदेशको भ्रमणमा निस्केको बताएका छन ।
महालेखापरीक्षक शर्माले अहिले प्रदेश नं. १ र २ मा ३ वटा टोलीद्धारा अनुगमनको कार्य भईरहेको र यसबर्ष ६ हजार कार्यालयको लेखापरीक्षण गर्नुपर्ने बताएका छन । एउटा जिल्लामा लेखापरीक्षण गर्न सामान्यता ४५ दिन लाग्ने उहाँको भनाई थियो ।
उहाँले देश तिन तहमा गईसक्दा पनि नेपालमा एउटा मात्र महालेखापरीक्षक हुने व्यवस्था रहेको सुनाउँदै कार्य गर्न कठिनाई भएको भन्दै अब सबै प्रदेशमै महालेखापरीक्षकको कार्यालयहरु सँचालनमा ल्याईने समेत बताए ।
साथै उहाँले प्रदेश भित्रका लेखाको प्रतिवेदन बनाई माननिय प्रदेश प्रमुखलाई बुझाउने, त्यसपछि मुख्यमन्त्री हुँदै प्रदेश सभामा प्रस्तुत गरिने योजना ल्याउन लागेको बताएका छन ।
भेटका क्रममा उहाँले स्थानिय तहमा बढी समस्या देखिएको बताएका थिए । उहाँले प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग भेटघाट गरेका छन भने प्रदेशका सभामुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।