प्रथम (एम एल ए ) कप प्रदेश सभा सांसद यादवद्धारा उदघाटन, पहिलो खेलमा मिर्चैया विजयी

प्रथम (एम एल ए ) कप प्रदेश सभा सांसद यादवद्धारा उदघाटन, पहिलो खेलमा मिर्चैया विजयी

सप्तरीको बोदे बर्साईन न. पा – ५ का युवाद्वारा संचालित प्रथम (एम एल ए ) कप आज एक कार्यक्रम बिच सप्तरी क्षेत्र नम्बर – ४ (२) का प्रदेश सभा सांसद अभिषेक यादवले प्रमुख अतिथिको रूपमा रिवन काटी खेलको उद्वघाटन गर्नु भयो ।

आजको उद्वघाटन खेल पथरगडा Vs मिर्चैया बिच भएको थियो । टस जितेर मिर्चैया टिमले ब्याटिङ गर्ने निरणर्य लिएको थियो । निर्धारित १८ ओभरको खेलमा ७ विकेटको छतिमा १३६ रन बनाएको थियो । जबाफी ब्याटिङमा उतरेका पथरगराले १७ ओभर १ बलमा सम्पूर्ण विकेटको छतिमा ९४ रन मात्र बनाउन सकि मिर्चैया विजय हुन सफल भयो ।

मिर्चैयाका लागि सर्वाधिक रन १७ बलमा ३२ रन समशेरले बनाएको थियो, मिठु यादवले २४ रनको योगदान गरेका थिए म्यनफ दि म्याच मिर्चैयाका प्रदिप भएका थिए २२ रन र ३ विकेट लिएका थिए भने पथरगराका अरूण ३ विकेट , बरूण २विकेट , इन्द्र नारायण १ विकेट ,राजिन्द्र १ विकेट लिएका थिए । भोलिको खेल बोदे बर्साईन Vs लाैकही टिम बिच हुनेछ ।

श्रोतः अनवर अली