विभेद र छुवाछुत अत्यन्तै दुःखद, दलितहरुलाई दलित भनेर सम्बोधन गर्न नहुनेः प्रदेश प्रमुख

विभेद र छुवाछुत अत्यन्तै दुःखद, दलितहरुलाई दलित भनेर सम्बोधन गर्न नहुनेः प्रदेश प्रमुख
ब्रम्हानन्द ठाकुर । माघ ११, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समाजमा रहेका कमी कमजोरीलाई पहिल्याउँदै अघि बढ्नुपर्ने सुझाव दिनुभएको छ ।
 
युरोपियन युनियन, एफ सी ए, मेडिया एडभोकेसी ग्रुपको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण सँघको आयोजनामा जनकपुरमा आयोजित प्रदेश स्तरीय नीति सम्बाद कार्यक्रममा प्रदेश प्रमुखले सो कुरा बताउनुभएको हो । उहाँले दलित समुदाय पनि मानव नै भएकोले दलितहरुलाई दलित भनेर सम्बोधन गर्न नहुने बताउनुभएको छ । जन्मिदै कोही दलित भएर आएका हुँदैनन समाजले नै काम अनुसारको पहिचान दिने भएकोले त्यस्ताहरुको कमी कमजोरीमा सबैले हातेमालो गरी अघि बढ्नुपर्नेमा सुझाव दिनुभएको छ । दलित समुदायमा पनि क्षमतावान ब्यक्तिहरु रहेकाले दलित र गैर दलित भनेर कसैलाई छुट्याउन नहुने उहाँको तर्क छ ।
 
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश साँसद राम अशिष दास नेपालमा दलित समुदायको सत्य तथ्य तथ्याड्ढ नेपाल सरकारसम्म अहिले सम्म नरहेको दाबी गरे ।
 
कार्यक्रममा नेपाली काँग्रेसका सन्तोष यादवले नेपालमा दलितहरुका लागि प्रयाप्त कानुन निर्माण भएपनि व्यबहारमा लागु हुन नसकेकोमा दुखेसो पोखे । त्यस्तै अहिलेसम्म दलित आयोग गठन हुन नसक्नु दुःखदपुर्ण रहेको बताए ।
 
यस्तै, नेकपाका झल्कु यादवले एक्काईसौ सताब्दीमा दलित भएकै कारण मानवसँग समाजमा भईरहेको विभेद र छुवाछुत अत्यन्तै दुःखद रहेको बताएका छन ।
 
कार्यक्रममा भिम परियारद्धारा कार्यपत्र प्रस्तुत गरिएको थियो भने प्रदेश साँसद परमेश्वर साह, मन्जु यादव, प्रतिनिधि सभा सदस्य रामपृत पासवान सहितले आ आफ्नो धारणा राखेका थिए ।
 
त्यस्तै, कार्यक्रममै सँघले १२ बुन्दे माग सहितको ज्ञापन पत्र पदेश प्रमुखलाई बुझाएका छन ।