पुनःदलित सरोकार मञ्चमा मरिक

पुनःदलित सरोकार मञ्चमा मरिक

राजकुमार पासवान
कञ्चनपुर,पुस २८ । सप्तरीको कञ्चनरुप न.पा. ८ स्थित कञ्चनपुरमा दलित सरोकार मञ्च नेपाल पहिलो अधिवेशनबाट पुनःयुक्तिलाल मरिक अध्यक्ष पदमा सर्वसम्मतले चयन भएको छ ।

शनिवार कार्यालयको प्राङ्गनमा मञ्चको पहिलो अधिवेशनबाट युत्तिलाल मरिकलाई पुनः अध्यक्ष पदमा चयन भएको छ । सो मञ्चको उपाध्यक्षमा शिवकुमार मण्डल,सचिवमा सुसिन्द्र पासवान र कोषाध्यक्षमा प्रमिला कुमारी पासवान रहेका छन् ।  सो मञ्चको सदस्यहरुमा सोविता कुमारी सरदार,रमानन्द राम र मुनेश्वर पासवान रहेका छन् ।

सो अधिवेशनबाट आर्थिक बर्ष २०७४/०७५को बार्षिक प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन २०७५,दलित सरोकार मञ्चको विधान २०७२ को विभिन्न परिच्छेदको दफा÷उपदफा तथा अनुसुचि लगायतका विषयहरु पारित गरिएको छ ।