दशीको समान सहीत चोर पक्राउ

दशीको समान सहीत चोर पक्राउ

मिति २०७५/०९/०८ गते रातको समयमा जिल्ला सप्तरी शम्भुनाथ न.पा-४ बस्ने बिनोद कुमार दासको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घट्नास्थल पुगी खोजतलास गर्ने क्रममा जिल्ला सप्तरी शम्भुनाथ न.पा.-४ वस्ने वर्ष २५ को जितेन सदा र ऐ.ऐ. वस्ने वर्ष २४ को शिव कुमार साह समेतले चोरी गरेको भनि खुल्न आएको हुदा निजहरुलाई मिति २०७५।०९।११ गते ऐ. स्थित आफ्नै घर वतन बाट फेला पारी नियन्त्रणमा लीई निजहरुले लुकाई छिपाई राखेको नगद रु. ४०,०००।–, चाँदिको सिक्रि थान-१, SONY कम्पनीको LED TV थान-१, लुगा सिलाई गर्ने मेसिन थान-१, आईरन थान-१  समेत बरामद गरी आज मिति २०७५।०९।१२ गते सम्मानित सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसनधान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।