बेपत्ता महिला मृत अवस्थामा फेला

बेपत्ता महिला मृत अवस्थामा फेला

मिति २०७५।०९।१२ गते बिहान राती ०२:०० बजेको समयमा जिल्ला सप्तरी सप्तकोशी न.पा.१० बस्ने रमेश श्रेष्ठको श्रीमती बर्ष २५/२६ कि पदिकी शेर्पा आफ्नै घरबाट हराई बेपत्ता भएकोमा निजको खोजतलास गर्ने क्रममा आज मिति २०७५।०९।१३ गते १०:०० बजे घर नजिकै (१०० मिटर  पुर्ब तर्फ) रहेको पानीको कुलोमा मृत अवस्थामा फेला परेको, घट्नास्थलमा प्रहरी टोली पुगि प्रारम्भीक अनुसन्धानको कार्य पुरा गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।