लाँगुऔषध सहित मानिस पक्राउ

लाँगुऔषध सहित मानिस पक्राउ

मिति २०७५/०९/०७ गते अं. १९:३० बजेको समयमा जिल्ला सप्तरी राजबिराज न.पा ४ स्थितमा वडा प्रहरी कार्यालय सप्तरी बाट प्र.ना.नि. को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा जिल्ला सप्तरी छिन्नमस्ता गा.पा ३ बस्ने मोहमद हुसेनको छोरा अं. बर्ष २० को मोहमद इसराइलको साथबाट ६० थान, ऐ.ऐ बस्ने महेन्द्र यादबको छोरा अं. बर्ष १९ को करण यादबको साथबाट ३२७ थान र जिल्ला बागलुङ कोढेखोला गा.पा ३ बस्ने अं. बर्ष २१ को निलसु मगरको साथबाट ६० थान नाइट्राभेट नामक ट्याबलेट जम्मा ४१७ थान लागु औषध फेला परेकोले निज तिनै जनालाई लागु औषध सहित नियन्त्रणमा लिई आज मिति २०७५।०९।०८ गते सम्मानित सप्तरी जिल्ला अदालत बाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।