लागु औषध सहित मानिस पक्राउ

मिति २०७५।०९।०२ गते अं. २०:०० बजेको समयमा जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. १ स्थितमा प्रहरी चौकी तिलाठी सप्तरी बाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री देश भारत बिहार राज्य दरभंगा जिल्ला शुभंकरपुर-८ बस्ने वर्ष २० को विक्की कुमार राय लाई शंका लागी चेक जाँच गर्दा निजको साथ वाट अबैध लाँगुऔषध Anxit 0.5 लेखिएको-१३ ट्याबलेट, Spasmo-Proxyvon plus लेखिएको -१२ ट्याबलेट, kores Eraz-exDiluter pen12 ml लेखिएको बाम १ थान सहित निजलाई नियन्त्रणमा लिई आज मिति २०७५।०९।०३ गते सम्मानित सप्तरी जिल्ला अदालत बाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भैरहेको ।