कतारमा कार्यरत युवाहरुद्धारा ललकु देबी बचाउ अभियानमा सहयोग

कतारमा कार्यरत युवाहरुद्धारा ललकु देबी बचाउ अभियानमा सहयोग

दिपेन्द्र पासवान । राजबिराज, ४ षौष ।
सप्तरीको बोदे बर्साईन न.पा.२ की ललकु देबी पासवानको उपचारको लागि आज एक संस्थाले नगद रु. पचहतरी हजार सहयोग गरेको छ । नेपालबाट बैदेशिक रोजगारीका लागि खाडीमुलुक कतारमा कार्यरत युवाहरुले ललकु देबी बचाउ अभियान संचालन गरी श्री सलहेश सेवा समाज मार्फत उक्त रकम आज पिडित परिवारलाई हस्तानन्तर गरिएको सहयोगी संस्थाका केन्द्रिय अध्यक्ष दुर्गा नन्द पासवानले जानकारी गराउनु भयो ।

बिगत केही बर्ष देखि अल्सर , जोण्डिस तथा बबासिर रोग संग लडदै आएकी उनी आर्थिक अबस्था कमजोर भएका कारण उपचार गराउन कठिनाई भएको थियो ।

मुख तथा मलद्धारबाट दैनिक रुपमा रगत बग्ने , बेहोस हुने समस्याबाट पिडित रहेकी ललकु देबी बिगत ३ बर्ष देखि लहान, दरभंगा तथा बिराटनगर लगायतका ठाउँहरुमा उपचार गराउँदै आएकी थिईन् । आफु संग केही नभएको कारण समाज तथा नातेदारहरु संग ऋण लिएर उपचार गराउँदै आएकी उनको रोग अहिले सम्म निको नभई झन बढदै गएको बताउँछिन ।

डाक्टरका अनुसार उनको उपचारको लागि लगभग ५ लाख जति खर्च लाग्ने जनाएका थिए । आर्थिक अबस्था कमजोर भएको ललक’ देबीको उपचारका लागि सहयोगको याचना भन्ने बिषयमा प्रकासित समाचारको आधारमा कतार स्थित कार्यरत कामदार तथा श्री सलहेश सेवा समाजका दुर्गा नन्द पासवान, राम उदगार राम लगायतका पदाधिकारीहरुको नेतृत्वमा संचालित ललकु देबी बचाउ अभियान मार्फत संकलन गरिएको उक्त रकम आज हस्तानान्तरण गरिएको हो