स्वर-सम्राट (महान गायक) उदितनारायण झा आफ्नो जन्मथलो सप्तरी, भारदहमा

स्वर-सम्राट (महान गायक) उदितनारायण झा आफ्नो जन्मथलो सप्तरी, भारदहमा

सप्तरीको भारदह चौक स्थित पूर्व पश्चिम लोक मार्गको उत्तरपट्टी छेउमै रहेको छ, एउटा कलात्मक सानो पक्कि घर । लामो समय देखि रंगरोगन तथा सरसफाई नगरिएका कारण यसको वाहिर आवरण धुमिल हुन थाले झै उक्त घरसँग जोडिएका सम्झनाहरु पनि विस्तारै धुमिलिदै गएको छ । हाईवे छेउमा यस्ता थुप्रै घरहरु छन्, होला, तर यस घरको आफ्नै महत्व रहेको छ । यो घर हिन्दी , मैथिली, नेपाली , भोजपूरी सिने-संगीत जगतका चर्चित पाश्र्व गायक उदितनारायण झाको हो ।

दुइ दसक पछि सप्तरी (मिथिला) को छोरो विश्व प्रसिद्ध/विश्व हल्लाउने व्यक्तित्व: स्वर-सम्राट (महान गायक) उदितनारायण झा आफ्नो जन्मथलो सप्तरी, भारदहमा..


दुइ दसक देखि सुनसान रहेको उक्त घरमा आजभोलि निकै चहल पहल छ। चहल पहल हुनुको कारण हो उदितनारायण झाको आगमन। उदितनारायण जन्मथलोमा सोमबार फर्किँदा उनको घरमा चहल पहल बढेको हो। घरायसी कामकाजका सिलसिसामा उदित भारदह पुगेका हुन्। उनले कंकालनी मन्दिरमा पूजाआजा पनि गरेका छन्। उनले पूजा गर्नकै लागि आफू घर आएको बताए। उनले यस पटकको होली पनी भारदहमै बनाउने योजना बनाएका छन्।

उदितलाई भेट्ने र फोटो खिच्नेको भिड छ उनको घरमा। उनी पनि प्रशंसकसँग रमिरहेका छन्। उदितका छिमेकी सुरेश राउतले अदितले गाउँमा गरिब विपन्नलाई आर्थिक सहयोग गरिरहेको बताए। वि.स.२०५५ तिर भारदह आएका उदित लामो समय पछि गाउँ फर्किएको स्थानीयले बताएका छन्। जेठी श्रीमती रञ्जना नारायणलाई सार्वजनिक रुपमा पत्नी स्वीकार गर्न इन्कार गरेपछि उदीतविरुद्ध नेपाल तथा भारतमा महिला अधिकारवादीले आन्दोलन गरेका थिए। रञ्जनालाई पत्नी स्वीकार्नु पर्ने भन्दै उनको बिरुद्धमा उनकै गाउँमा समेत प्रदर्शन गरिएको थियो। उक्त घटना पछि उनी गाउँ फर्केका थिएनन्।

सामान्य परिवारमा १ दिसम्बर सन् १९५५ मा जन्मेका उदितले गाउँलाई अत्यन्तै माया गर्ने गरेको स्थानीय बताउँछन्। उनी गाउँलाई माया गर्ने भएकै कारण गाउँमै लाखौं लगानीमा उदितले घर बनाएको भारदहका पूर्व गाविस अध्यक्ष पवन मण्डलले बताए। गाउँको विकासका लागि समेत उदित चिन्तशील रहेको उनको भनाई छ। उदितको घरको छेउमा रहेको इलाका प्रहरी कार्यालय भारदह स्थापना गर्नमा उदितको ठुलो योगदान रहेको उनी वताउँछन्। उदितले कंकालनी भगवती मन्दिर निर्माणका लागि पनि ठूलो सहयोग गरेका छन्।

उनले मैथिली, नेपाली, हिन्दी लगायत ३० बढी भाषाका झण्डै १५ हजार भन्दा बढी गीत गाइकेका छन्। घरायसी कार्यमा अति ब्यस्त र बिरामी भएको कारण देखाउँदै सञ्चारकर्मीसित कुरा गर्न नमानेका उदितलाई भेट्न उनको घरमा गाउँका मानिस र प्रशंसकहरुको भीड छ । उनले भेट्न आउनेलाई मिठाई खुवाउँदै उपहारसहित होलीको शुभकामना दिने गरेका छन् ।

#BYBaidyanath Yadav
See Video by: Rn RN Bishwas