किन मौन छ अधिकारकर्मी ????

किन मौन छ अधिकारकर्मी ????
योगेन्द्र चौधरी, शम्भुनाथ नगरपालिका ०१

योगेन्द्र चौधरी, शम्भुनाथ नगरपालिका ०१

योगेन्द्र चौधरी, शम्भुनाथ नगरपालिका ०१ ।

सप्तरीमा मानव अधिकार र महिला अधिकार रक्षाका लागि गठित संस्था धेरै छन् । हरेक राजनितीक पार्टी सम्बद्ध महिला, मानव र बाल अधिकारवादी संगठन छन । सबै संगठनको साझा संगठन पनि छ । एनजिओले आइएनजिओहरुमा प्रपोजल ( प्रस्तावना ) पेश गरेर बजेट मगाउने रहरले खुलेका संगठनहरु पनि त्यतिकै छन् । महिला अधिकारकर्मीहरु पनि त्यतिकै छन् तर त्यति धेरै बिजनेश पाएको जस्तो देखिदैन । यसको अर्थ यो होइन कि महिला अधिकार हननका घटना कम भएका छन । गाउँ शहर, जहाँतही यस्ता घटना छन हालैको ताजा घटना सप्तरीको सुरुङ्गा नगरपालिका ३ की एक युवतीलाई फागुन १४ गते सामुहिक बलात्कार गर्न खोज्ने चारै जनालाई जोगाउन ,घटना लुकाउन पंचायत बोलाइयो । छिनमस्ता गाउपालिका १ बाट बलात्कार घटनाका दुई आरोपित युवक रंगेहात पक्राउ गरेका छन, सखडाबाट काठमाडौं जाने बा.५ ख. ३१४१ नम्बरको माइक्रो बसमा बलात्कार गर्ने लाई पक्राउ गरेका छन् त्यस्तै सप्तरीमा फागुन महिनामा मात्रै दुई सामुहिक सहित बलात्कारका ८ वटा घटना भएका छन् । मिलापत्र गराउन पिडीतको आमालाई दबाबमा पारी पंचायत बोलाइयो । संचार माध्यमहरुमा सामाचार सार्वजनिक भए पछि इलाका प्रहरी कार्यालय भेडियाले चारै जना आरोपीलाई नियन्त्रणमा लियो । पक्राउ परिएका ४ जनालाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गराएर जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ । महिलाको मुद्धा अघि बढाउन कुनै महिला अधिकारर्की अगुवाई गरेको देखिएन ।

लहान र राजबिराजको होलटका हलमा गोष्ठी, अन्तरक्रिया गरेर मात्र अधिकारकर्मीको दायित्व पुरा हुदैन । उनीहरुले त परेका बेला फिल्डमा काम गर्नपर्छ । प्रचारमुखी कार्यक्रम गरेर बजेट सक्नु भन्दा पीडितको पक्षबाट आवाज उठाउने काम गर्न अधिकारकर्मीको दायित्व हो ।

इमेलः[email protected]