सप्तरी यूथ नेपालको आग्रह

सप्तरी यूथ नेपालको आग्रह

#दैबी_प्रकोपबाट_बाँचौ_र_बचाउ
#आगलागी_रोक्न_अहिल्यैदेखि_पहल_गरौं
#राहत_वितरण_गर्नुनै_नपरोस्

विष्णु यादव । सप्तरी जिल्ला लाई आग लागी प्रभावित बाट रौकौ गर्मीयाम शुरुसँगै आगलागीका घटनाहरु हुन थाल्छन् । गर्मीयाममा विभिन्न कारणले आगजनीका घटना हुने गर्दछन् । हामी नेपालीहरु जब समस्या पर्छ तब मात्र समाधानको उपायतर्फ सोच्ने गर्छौं । विभिन्न प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वसतर्कता आवश्यक पर्छ । तर मौसमअनुसार हुने विभिन्नखाले प्राकृतिक प्रकोपहरुको बारेमा जोखिम कम गर्न पूर्वतयारी गरिएको हुदैन । वर्षातमा बाढीबाट बच्न हामीले असारदेखि चिन्ता गर्छौं ।तर समय घर्किसकेपछि गरिएको चिन्ताको कुनै अर्थ रहदैन । गर्मीयाममा हुने आगलागी पुर्ण नियन्त्रणका लागि अहिलेदेखि पूर्वसतर्कता अपनाउन जरुरी छ । सप्तरी जिल्लामा पर्याप्त दमकल छैनन् । भएका दमकलहरु पनि काम नलाग्ने जीर्ण अवस्थामा छन् । हामीले आगलागीको जोखिम कम गर्नका लागि अहिलेदेखि नै पहल थाल्नुपदर्छ । आगलागीबाट बच्ने उपाय बारे गर्मीयाममा मात्र होइन अन्य समयमा पनि तालिम तथा सचेतना जगाउन जरुरी छ । गाँउ घर हुने आगलागीबाट क्ष्ँति कम गर्नका लागि जथाभावी आगो बाल्ने र पराल र गहुँको दउनी शुरक्षित स्थानमा थलेसर राख्ने र आफनै आँगन मा दउनी गर्न प्रबृत्ति रोक्नुपर्दछ । साना–साना बालबालिकालाई सलाई अथवा आगोजन्य वस्तुबाट टाढा राख्नुपर्दछ । सरकारी तथा गैरसरकारी संस्थाहरुबाट थालिने सचेतनाका कार्यक्रमहरु आजभोलिदेखि नै शुरु गर्नु आवश्यक छ देखिन्छ भन्ने सबै बिध्यालय हरूमा बिध्यार्थी हरूलाइ आबस्यक जानकारी गराउनु पर्छ। सबै वाड अध्यक्ष र गाउँ र नगर प्रमुख हरू समेत सबै आम जनताको लागि जनचेतना जगाउने काम लाग्दा केही कमी गर्न सकिन्छ भन्ने बिश्बास #सप्तरी_यूथ_नेपाल का युवा हरू लिएको छौ ।
#saptariyouth जय युवा अनुरोध