विरुवा रोपेर जन्मदिन मनाए हर्षित

विरुवा रोपेर जन्मदिन मनाए हर्षित

राजविराज । प्रायजसो महँगो होटल तथा रिसोटमा गएर साथी र आफ्न्तजनसँग धुमधामका साथ पाटी गरेर जन्मदिन मनाउने हाम्रो समाजमा चलन छ । तर एक बालकले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने जति रकम राजविराज ८ का विभिन्न् स्थानमा विरुवा रोपेर मनाएको छ ! ९ वर्षीया हर्षित झाको जन्मदिन सनिबार रहेको थियो ! जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम को बिरुवा रोपेका हर्षितका बुवा परमेश्वर झा ले बताए । बढ्दो वनजङ्गल फडानी, जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै यसवर्ष वृक्षारोपण गरेका छन् । वर्तमान अवस्थामा वन जङ्गल फडानी व्यापक रुपमा भईरहेकोले यसलाई अविलम्व रोक्नुपर्नेमा जोड दिनुपर्ने बताउदै झाले चुरे विनासप्रति चिन्ता व्यक्त गर्दै भने ‘यदी वनजङ्गल संकटमा प¥यो भने हाम्रो जिवन पनि खतरामा पर्ने भएकोले यसप्रति सबैको ध्यान केन्द्रित हुनु आवश्यक छ ।’ प्रत्येक व्यक्तिले विरुवा रोपेर छोराछोरी जस्तै जतन गरेर हुर्काउनुपर्नेमा जोड दिँदै जनप्रतिनिधीहरुले बृक्षारोपण कार्यलाई योजनामै राखेर अगाडि बढाउनुपर्नेमा परमेश्वर झाले जोड दिएका थिए !

About Saurav Yadav

लेखक शौरभ यादव पत्रकारिता सहित बालअधिकार, महिला र खेलकुदका विषयमा कलम चलाउनुहुन्छ ।