अपन एफ.एमले मनाए १० औं वार्षिक उत्सव

अपन एफ.एमले मनाए १० औं वार्षिक उत्सव

सामाजिक मुद्धामा रेडियोसँग सहकार्य गर्न तयारः प्रमुख अतिथी यादव

सप्तरी,६ भदौं । रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले अपन एफ.एमले अहिले सम्म गरेका कार्यक्रमहरु सराहनीय रहेको भन्दै अगामी दिनमा सामाजिक मुद्धाहरुमा गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।

अपन एफ.एमको १० औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष यादवले सो कुरा बताउनु भएको हो ।

एक दशक देखी सप्तरी सहित आफ्नो प्रशारण क्षेत्रमा शिक्षा,सूचना,मनोरञ्जन लगायतका कार्यक्रमको माध्यमबाट जनचेतना फैलाउदै समुदायमा गहिरो छाप छोड्न सफल रेडियोको रुपमा स्थापित अपन एफ.एमले शुक्रवार आफ्नो १० औं वार्षिक उत्सव मनाएको हो । केक काटेर कार्यक्रम उद्घाटन गरेका यादवले अहिलेको डिजिटल युगमा पत्रकारहरुले सजग भएर कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी गैर सरकारी संस्था महासंघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष ध्रुव देवले अपन एफ.एमले सप्तरीमा आफ्नो अलगधार बनाएर सामाजिक बेथितीहरु विरुद्धको अभियानमा लागेकाले अगामी दिनमा रेडियोले अझ प्रगति गरोस भन्ने शुभकामना दिनुभयो । सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले रेडियोले अगामी दिनहरुका अझ उन्नती प्रगति गरोस भन्ने शुभकामना दिनुभयो ।

नेपाली काग्रेस सप्तरीका सभापति दिनेश यादवले रेडियो अपनले समाजका हरेक व्यतिले अपनत्व हुने खालको कार्यक्रम ल्याउन सुझाव दिनुभयो । गैर सरकारी संस्था महासंघका सप्तरी अध्यक्ष शम्भुनन्दन चौधरीले युवा नेत्ृत्वद्धारा सञ्चालित यस एफ.एमले प्रगति रफतारमा रहेको बताउनुभयो । एफ.एमकाअध्यक्ष नविन नरसिंह नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजवादी पार्टीका सप्तरी अध्यक्ष केदार यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक विजय बस्नेत, नेकपाका प्रदेश नं.२का सदस्य छेदी रजक, ईन्सेकका सप्तरी प्रतिनिधि मनोहर पोखरेल, राससकी पुनम पोखरेल, नेपाली सेना भलुवाही ब्यारेक राजविराजका प्रतिनिध दिलिप चौधरी,पतंजति योग समितिका महामन्त्री किसुनदेव यादव, संजिव यादव लगायतले शुभकामना व्यतm गरेका थिए । १०औं वार्षिक उत्सवका अवसरमा एफ.एम.मा कार्यरत कार्यक्रम सञ्चालक कैलेश श्रीवास्तव, सबिता कुमारी दास, रंजना साह, जुसी चौधरी, संजिव यादव, सबिता कर्ण, प्राविधिक रुपले सहयोग गर्ने प्रेम कुमार झा लगायतलाई प्रशंसा पत्रले सम्मान गरेको छ । त्यस्तै वार्षिक विज्ञापनदाताहरुलाई समेत प्रशंसा पत्रले प्रदान गरिएको छ ।

एफ.एमले अहिले मैथिली,नेपाली गरी स्थानीय स्तरमा ९ वटा कार्यक्रम सञ्चालन गर्दै आएका छन । त्यस बाहेक सामुदायिक सूचना नेटर्वकबाट प्रशारित साँझ र बिहानको साझा खबर प्रशारण गर्दै आएको छ । त्यस्तै बिहान बिबिसी हिन्दी सेवा र राति बिबिसी नेपाली सेवा प्रशारण गर्दै आएको अध्यक्ष नेपालीले बताउनुभयो । कर्मचारी तथा पत्रकारलाई १ लाखको दुर्घटना बिमा समेत गरिने योजना रहेको वहाँले बताउनुभयो । आंशिक, करार र स्टिंन्जर गरी यस एफ.एममा दश जना कर्मचारी कार्यरत रहेका छन ।