महिला सप्तरी प्रिमियर लिग शुरुः सुरुंगाद्धारा खडक ८ बिकेटले पराजित

महिला सप्तरी प्रिमियर लिग शुरुः सुरुंगाद्धारा खडक ८ बिकेटले पराजित

१३ असार, राजबिराज ।
राजबिराज स्थित प.बि.मा.बि.को क्रिकेट मैदानमा नेपालमै पहिलो पटक महिला सप्तरी प्रिमियर लिगको पहिलो खेलमा सुरुंगाले एक पक्षिय खेलमा खडकलाई ८ बिकेटले पराजित गरेको छ ।

टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै खडकले निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा ८२ रनको योगफल तयार पारेका थिए । खडकका लागि सन्तोषी चौधरी १८, सरस्वती चौधरी १२, रश्मी शर्मा १० र काजल श्रेष्ठले ९ रनको योगदान दिएका थिए भने बलिंग तर्फ सुरुंगाका लागि संगिता राई र सोमु बिष्टले सामान २ बिकेट तथा रुविना श्रेत्री र अप्सरा बेगमले सामान १ बिकेट लिएका थिए ।

८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुंगाले उक्त लक्ष्य १९ ओभर १ बलमा २ बिकेटको नोक्सानीमा पुरा गरेका थिए । सुरुंगाका लागि रोमा थापाले नटआउट रहि ३४ तथा अप्सरा बेगमले नटआउट रहि १५ रनको योगदान दिएका थिए भने रुविना चौधरी र नितु भण्डारीले क्रमश १४ र १३ रनको योगदान दिएका थिए । खडकका लागि शान्ति चौधरी र रश्मी शर्माले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुरुंगाका रोमा थापा भएका थिए ।

प्रतियोगिता अन्र्तगत उदघाटन कार्यक्रम सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतामा तथा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन राजबिराज नगरपालिकाका उप मेयर साधना झा, सुरुंगा नगरपालिकाका उपमेयर बिन्दा कुमारी पासवान र खडक नगरपालिकाका उपमेयर यासमिन सुल्तानले संयुक्त रुपमा क्रमश ः ब्याटिंग, बलिंग र किपिंग गरेका थिए । कार्यक्रममा राजबिराज नगरपालिका वडा नं. ५ का अध्यक्ष समिर कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम तिलाठि कोईलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, नेपाली सेनाका सेनानी अमर बहादुर थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सिस्का एलइडी कन्ट्री प्रमुख श्यामबावु झा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन सबल नेपालका कार्यक्रम सुपरभाईजर राधेश्याम रामले गरेका थिए ।