राजरंगशाला स्तरोन्‍नती प्रकरण अख्तियारद्वारा छानबिन सुरु

राजरंगशाला स्तरोन्‍नती प्रकरण अख्तियारद्वारा छानबिन सुरु

सप्तरी, ११ असार ।
यहाँस्थित राजरंगशालाको खेलमैदान स्तरोन्नती कार्यमा भएको आर्थिक अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

जिल्ला खेलकुद विकास समितिले टेन्डर प्रक्रियाद्वारा काम गराउँदा निर्माण कम्पनीको मिलोमतोमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको हो ।

आयोगको क्षेत्रिय कार्यालय इटहरीबाट खटेको प्राबिधिक सहितको तीन सदस्यीय टोलीले बुधबारदेखी राजरंगशालामा पुगि खेलमैदानको विभिन्न भागमा उत्खनन् र नापजोखसँगै अनुसन्धान अघि बढाएको छ । “खेलमैदानको स्तरोन्नती कार्यमा घोटाला भएको भन्दै उजुरी परेकाले स्थलगत अध्ययन र छानबिनका लागि आएका हौं” टोलीमा सम्मिलित आयोगका एक अधिकारील भने, “प्रारम्भिक अनुसन्धानमै सम्झौता र भुक्तानी अनुसारको काम गरेको पाइएन्, थप अनुसन्धानपछि सबै कुरा प्रतिबेदनमा समावेश गरि आयोगमा बुझाउने छौं ।” उनले प्रक्रियागत आधारमा सबै पक्षमा छानबिन गरिने जानकारी दिए ।

रंगशाला खेल मैदानको स्तरोन्नतीका लागि थालिएको प्रक्रिया, भुक्तानी, सम्झौता पत्र र बिल भरपाई लगायतका सबै कागजपत्र नियन्त्रणमा लिई अध्ययन समेत भइरहेको उनको भनाई थियो ।

छानबिनका क्रममा स्थानिय प्राविधिकको समेत सहयोग लिइएको अख्तियारका एक अधिकारीले बताए । जिल्ला खेलकुद विकास समितिले आर्थिक वर्ष २०७३÷७४ मा रंगशालाको खेलमैदान स्तरोन्नतीका लागि टेण्डर आह्वान गरेको थियो । रु. २५ लाखमा निर्माण कार्यको ठेक्का पाएको उदय निर्माण सेवाले तत्कालिन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख र अध्यक्षसँगको मिलोमतोमा बजेट अनुसारको कामै नगरि भुक्तानी गरेको उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको श्रोतले जनाएको छ ।

यता आर्थिक वर्ष २०७१÷७२ देखी हालसम्मको आयव्यय सार्वजनिक नगरेको भन्दै जिल्ला खेलकुद विकास समितिमा उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु र कोषाध्यक्ष राजेश चौधरीको अगुवाईमा गत जेठ ७ गते समितिमा गरिएको तालाबन्दी एक महिना भन्दा बढी भइसक्दा पनि खुलेको छैन् ।

तालाबन्दी जारि रहँदा समितिको दैनिक कामकाजका साथै खेलकुद गतिविधि पनि प्रभावित बनेको छ ।

About Saurav Yadav

लेखक शौरभ यादव पत्रकारिता सहित बालअधिकार, महिला र खेलकुदका विषयमा कलम चलाउनुहुन्छ ।