राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदको प्रवल दाबैदारमाः झा

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदको प्रवल दाबैदारमाः झा

काठमाण्डौ ०५ असार ।  कक्षा ११ पढदै गर्दा खेलकुदमा नै आफनौ भविस्य खोजदै गरेका राजविराज नगरपालिका १ सप्तरीमा जन्मिनु भएको अरबिन्द कुमार झा हाल राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा मधेश भित्रबाट प्रवल दाबैदारीमा देखिएको छ ।

नेपालको राष्ट्रिय खेल कबडडीमा वि.स. २०५३ साल देखी अर्थात १७ वर्षकै उमेरमा जिल्ला स्तरीय, क्षेत्रीय स्तरीय र राष्ट्रिय स्तरीय प्रतियोगिता समेत गरी ६ पटक खेलिसको हुन ।

अन्तर्राष्ट्रिय कबडडी नाइक कप प्रतियोगिता सन १९९७ भारतमा ,त्रिपुरा युवा क्लवदारा संचालित अन्तराष्ट्रिय कबडडी १९९८ नेपालमा कास्य पदक बिजेता, प्रथम एशियन जुनियर कबडडी २००० भारतमा रजत पदक बिजेता, तेस्रो एशियन कबडडी च्याम्पियनसीप २००० श्रीलंकामा, नवौ साफ गेम २००४ पाकिस्तानमा, दशौ साफ गेम २००६ श्रीलंकामा समेत खेलिसकेका छन् । त्यस्तै गरी १२ औ साग गेम्स कबडडी टिमको व्यवस्थापक भई भारतमा र १८ औ एशियन गेम्स कबडडी टिमको व्यवस्थापक भई इन्डोनेसियामा समेत जिम्मेबारी पुरा गरी सफलता चुम्दै गरेका झा अखिल नेपाल कबडडी संघको उपाध्यक्ष पदमा २०६६ मा, अखिल नेपाल कबडडी संघको सचिव २०७१ मा, अखिल नेपाल कबडडी संघको कोषाध्यक्ष २०७४ देखि हाल सम्मको जिम्मेबारी समहालदै आएका अरबिन्द कुमार झा को राजनितिक करियार पनि खेलकुद संग संगै शुरु भएको देखिन्छ ।

०५३ साल देखि अनेरास्ववियुमा लागी म.वि.व क्याम्पस राजविराज देखी राजनिति शुरुगरी पटक पटक जेल जिवन बिताउदै हाल मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रीय सदस्य भई हालसम्म काम गर्दै गरेका झा नेकपा का सांसद माननीय सुमनराज प्याकुरेलको विश्वास पात्रको रुपमा समेत चिनिन्छ ।