मेयर कप सप्तरी प्रिमियर लिग तेश्रो दिन तिलाठि कोईलाडि र रुपनी बिजयी

मेयर कप सप्तरी प्रिमियर लिग तेश्रो दिन तिलाठि कोईलाडि र रुपनी बिजयी

४ असार, राजबिराज ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरीको राजविराजमा संचालित मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ अन्तर्गत तेश्रो दिन सम्पन्न २ खेलमा तिलाठी कोइलाडी जायन्ट र रुपनी राइडर्सले जित दर्ता गरेका छन् ।

दिनको दोश्रो खेलमा रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गर्यो। दोश्रो जित सहित रुपनी अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।

पहिले ब्याटिंग गर्दै रुपनीले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो ।

डाक्नेश्वरीको लागि प्रेम तामांगले १८ तथा अविनाश कर्ण र राहुल मण्डलले समान १५ रन बनाए। रुपनीको लागि बलिंगमा प्रदिप पासवानले सर्वा्धिक ३ विकेट लिए भने अनोज यादब र सैदुल्लाह अन्सारीले २÷२ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो ।

रुपनीको लागि ओपनिंग ब्याटिंग गरेका सोनु अन्सारीले आक्रामक इनिंग खेल्दै मात्र २३ बलमा ४ छक्का र ४ चौका मदतले सर्वा्धिक ४४ रन बनाए। यस्तै अनोज यादबले पनि इनिंगको अन्तिममा ५ छक्का प्रहार गर्दै २३ बलमा ३६ रन बनाए। कप्तान मेहबुब आलमले १६ तथा हसिम अन्सारीले १५ रन बनाए ।

डाक्नेश्वरी ड्रागनको लागि बलिंगमा अफ(स्पिनर दिपेश कंडेलले सर्वा्धिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। यस्तै पुष्प थापा र प्रेम तामांगले २र२ विकेट लिए। खेलको प्लेयर अफ द म्याच अनोज यादव घोषित भए ।

पहिलो खेल

दिनको पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टले बजाज खडक वारियर्सलाई ८ विकेटले सहजै पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। प्रतियोगितामा खडक वारियर्सको यो दोश्रो हार हो ।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा पहिले ब्याटिंग गर्दै बजाज खडक वारियर्सले दिएको १३२ रनको लक्ष्य तिलाठी कोइलाडीले मात्र २ विकेट गुमाएर २४ बल बाँकी छदै पुरा गर्यो ।

तिलाठी कोइलाडीको जितमा ओपनिंग ब्याट्सम्यान सुनिल धमलाले आक्रामक ब्याटिंग गर्दै अविजित ८४ रन बनाए । राष्ट्रिय टिमको लागि समेत खेलीसकेका धमलाले ५५ बलमा १० चौका र २ छक्का प्रहार गरे । यस्तै सुरज पटेलले ३४ रन बनाए । धमला र पटेलले तेश्रो विकेटको लागि ८७ रनको अविजित साझेदारी गरेका थिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

वारियर्सको लागि कप्तान राजेश पुलामीले सर्वा्धिक ५० रन बनाए जुन क्रममा ५० बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरे। यस्तै अमित दासले २६, अमल दासले १७ तथा सुधिर चौधरीले १२ रन बनाए ।

एक समय ५४÷६ को कमजोर अवस्थामा पुगेको वारियर्सलाई पुलामी र अमितले सातौँ विकेटको लागि ७६ रनको साझेदारी गर्दै उकासेका थिए ।

तिलाठी कोइलाडीको लागि सुनिल धमला र कमल ओलीले समान २÷२ विकेट तथा रोहित सिंह, अनिल यादब र विकास दासले १÷१ विकेट लिए । धमलाले ४ ओभरमा मात्र १३ रन खर्चिए। सुनिल धमला खेलको प्लेयर अफ द म्याच चुनिए ।

सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको मुख्य प्रयोजनमा असार २ देखि ८ गतेसम्म संचालन हुने लिगमा कुल ५ टिम सहभागी रहेका छन् । बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन् ।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ। लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ । लिगको विजेता टिमले २ लाख तथा उप–विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।