प्रथम ठाकुरबाबा दह महोत्सव भव्यरुपमा सम्पन्नः दहलाई पर्यटन स्थलको रुपमा विकास गर्न जोड

प्रथम ठाकुरबाबा दह महोत्सव भव्यरुपमा सम्पन्नः दहलाई पर्यटन स्थलको रुपमा विकास गर्न जोड

काठमाडौं । प्रथम लोहजारा ठाकुर बाबा दल महोत्सव तथा कृषि प्रर्दशनी २०७६भव्य रुपमा सम्पन्न भएको छ । नयाँ बर्षको अवसर पारेर आयोजित महोत्सवको समुद्घाटन प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साह (राम बाबु) ले गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भन्नुभयो, यो क्षेत्रको सांसद र मन्त्रीको हैसियतले लोहजारा दहको विकासको लागि जे जस्तो गर्नुपर्छ त्यसको लागि म तयार छु । यस क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो यो दहको भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको छ । सबैको सहयोगमा यो दहलाई पर्यटन आर्कषण केन्द्र बनाउनमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश २ का नेपाली सेनाका पृतनापति, सप्तरी जिल्ला प्रशासन प्रमुख, सप्तरी जिल्ला प्रहरी प्रमुख लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।  त्यस्तै प्रदेश २ का सांसद मनिष सुमन, सप्तरी ३ बाट निर्वाचित संघीय संसद चन्द्रकात चौधरी समेत सहभागित हुनुहुन्थ्यो ।

कार्यक्रम आयोजनालाई सहयोग पुर्याउने विभिन्न व्यक्तीहरुलाई मायाको चिनो र प्रमाण पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रमको समापन सत्रमा विशिष्ट अतिथि प्रदेश २ का कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको हातबाट कृषि प्रर्दशनीमा सहभागि भएका किसानहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

सो अवसरमा कृषि मन्त्री साहले अगामि बर्ष बाट कृषि प्रर्दशनी मेला भव्य रुपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै किसानलाई सोही अनुसार तयार रहन आग्रह गर्नुभयो ।

उद्घाटन समारोह पछि साँस्कृतिक कार्यक्रमको समेत आयोजन भएको थियो । मैथली चर्चित गायक गायिकाहरुको बेजोड प्रस्तुती रहेको थियो । डा. आभास लाभ, प्रिया रानी, नविन मिश्र, देवेन्द्र सोनी लगायतका गायकहरुले चर्चित गित संगित पस्केका थिए ।

नेपाल पर्यटन बोर्डद्धारा प्रर्वधन गरिएको कार्यक्रमको प्रमुख आयोजक टुडे न्यूज नेटवर्क प्रा.लि रहेको थियो भने, तिरहुत गाउँपालिका वडा नं. ५ प्रमुख सहयोगि रहेको थियो । त्यस्तै कार्यक्रममा गोल्डेन ओक, ग्लोबल मधेशी एसोसिएसन, बल्र्ड लिंक कम्युनिकेसन, साल्ट टेर्डिंग लिमिटेड, बोर्डवे एडुकेसन कन्सलटेन्सीले विशेष सहयोग गरेका थिए ।

टुडे न्यूज नेटवर्क प्रा.लिका अध्यक्ष अनन्त अनुरागको अध्यक्षतामा भएको कार्यक्रममा तिरहुत गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष रामानन्द चौधरीले स्वागत मन्तव्य राखेका थिए ।

टुडे न्यूज नेटवर्क प्रा.लिका अध्यक्ष अनन्त अनुरागले अर्काे बर्ष ७ दिन सम्म मेलाको भव्य आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको उद्घोषण देवानन्द मेहता (देव)ले गरेका थिए।

श्रोतः टुडेखबर