मिथिला चित्रकला गर्न इच्छुक हुनेहरूका लागि तालिम केन्द्रहरू खोल्नुपर्छःसुनैना ठाकुर

मिथिला चित्रकला गर्न इच्छुक हुनेहरूका लागि तालिम केन्द्रहरू खोल्नुपर्छःसुनैना ठाकुर

मिथिला चित्रकलाको वर्तमान अवस्था र भविष्य

मिथिला चित्रकलालाई परिभाषित गर्न जरूरी नै छैन । किनभने मिथिला चित्रकला आफैमा परिभाषित छ । म सानै छँदा मिथिला कलाप्रति प्रेरणा मिलेको हो । सानैमा आमा, हजुरआमाले माटोले घरको भित्तामा विभिन्न प्रकारको चित्रकला बनाएको देख्थें । त्यसबखत म उहाँहरूलाई यो के बनाउनु भएको भनेर सोध्थें । त्यस बेला उहाँहरूले यो घरको सजावटको लागि बनाएको भन्नुहुन्थ्यो । त्यसपछि मैले पनि त्यही चित्रलाई आफ्नो कापीमा कोर्न थालें र विद्यालय तहको पढाईमा पनि त्यस्तै हजुरआमाले बनाएको जस्तो चित्रहरू बनाएर प्रथम हुन थालें । यसरी नै मैले चित्र बनाउँदै जाने कामको सुरूवात भयो । तर पछि जब मेरो विवाह भयो, मबाट चित्रकालकारितो एक प्रकारले हराउँदै गयो । केही समयपछि जनकपुरमा चित्रकला प्रदर्शनी भयो । त्यसमा ३६० महिला सहभागि थिए । त्यसमा म पनि सहभागी भएा र प्रथम हुन सफल भएँ । त्यसबाट मलाई हौसला मिल्यो । ३६० जनामा म प्रथम हुन सक्छु भने मैले अझ धेरै राम्रो गर्न सक्छु भन्ने लाग्यो । यस्तैमा चित्रकलामा रूची भएको २ जना महिलालाई तालिम दिने भन्ने कुरा थाहा पाएँ । त्यसमा पनि मेरो नाम परेछ । त्यस तालिमको समयमा पनि आफ्नो क्षमतालाई बाहिर ल्याउने अवसर मिल्यो । यसबाट पनि मलाई प्रेरणा मिल्दै गयो । यसको साथसाथै घर परिवारको पनि सहयोग मिल्यो ।

सुनैना ठाकुर

सुरूमा त मलाई कठिनाई नै भयो । किनभने तालिमको अवधिमा मैले घरको सदस्यहरूलाइ मनाउनको लागि धेरै मेहनत गर्नुपर्यो । कठिनाई भए पनि परिवारका सदस्यहरूलाई मनाएर म त्यस तालिममा गएँ । विशेष गरी यसमा मेरो श्रीमानको ठूलो सहयोग छ ।

यो १२÷१३ वर्षको अवधिमा धेरै चुनौतीको सामना गर्नुप¥यो । घरबाट खुट्टा अगाडी बढायो भने हरेक पाइलामा चुनौती नै छ । त्यो चुनौती पार गर्दा–गर्दा यो अवस्थासम्म आइपुगेको छु । एक त महिलाको विवाह भइसकेपछि परिवार, बालबच्चामै सिमित हुनुपर्ने बाध्यता छ । एक विवाहित महिलाले घरको काम भ्याउनै पर्ने हुन्छ । त्यसमा पनि बाहिरको काम ग¥यो भने अर्को समस्या आउँछ । मैले कसरी समय मिलाउने त यसमा विशेष ध्यान दिन थालें । त्यसमाथि समाजको बाधा त हुने नै भयो । त्यस किसिमका थुप्रै बाधाहरू मैले पक्कै भोगेको छु ।

महिलालाई घरबाहिर निस्केर काम गर्नका लागि आफ्नो परिवारको सहयोग अवश्य चाहिन्छ । परिवारको सहयोग बिना कुनै पनि मानिस अगाडि बढ्न नै सक्दैन । त्यो चाहे पुरूष होस् या महिला । म बाहिर भएकोे समयमा घरको काममा श्रीमानले सहयोग गरिदिने, बच्चाको हेरविचार गरिदिने, म कता जानुपर्ने हो त्यो ठाउँ पत्ता लगाएर त्यहाँसम्म पु¥याइ दिने जस्ता थुप्रै सहयोग पाएको छु ।

मैले यो मिथिला चित्रकला सुरू गर्दा कहिले काहिँ आफैलाई आत्मग्लानी हुन्थ्यो र छोडिदिउँ जस्तो लाग्दथ्यो । तर अहिले आएर यसको भविष्य एकदम राम्रो देखेको छु । यो सीता जन्मेको भूमि हो । यसलाई मिथिला राज्य भने पनि हुन्छ । पहिला धारणा के थियो भने मिथिला चित्रकला मधेशको हो र मधेशको मान्छेले मात्र बनाउँछ तर यो सत्यता होइन । हामी सबै यहि धर्तीमा जन्म लियौँ, यो चित्रमा कुनै जात छुट्टयाउन मिल्दैन । पहाड तराई भनेर छुट्टयाउन मिल्दैन । त्यसकारण यसको भविष्य म राम्रो देख्छु । पछि गएर विद्यार्थीले एसएलसी. दिएपछि अरू विषय पढे जस्तै मिथिला कला पनि पढ्न सकुन् । अहिले नै यस्तो समय नआए पनि केही समय पछि पक्कै पनि हुनेछ । यसमा प्रचारप्रसारको पनि जरूरी छ । केही समय अघि नै मैले ‘समानता’ शीर्षक राखेर चित्रकला प्रदर्शनी गरें । त्यसमा समानताका साथसाथै अन्य सामाजिक परिवेश पनि देखाइएको थियो । बिना समानताले एउटा परिवार, समाज, देश अगाडि बढन सक्दैन । त्यस चित्रमा पनि मैले धर्मनिरपेक्ष नेपाल भनेर बनाएको थिएँ । त्यसपछि नारी शक्ति भन्ने थियो । यस्ता चित्रहरू धेरै थिए । एक जना मानिसले १०० जनाको आवाज बोल्न सक्दैन तर एउटा चित्र ती सय जनाको आवाज बोल्न सक्छ । त्यसकारण पनि मलाई लाग्छ यसको भविष्य राम्रो छ ।

समाजमा महिलालाई के कस्ता समस्या छन्, ती समस्याहरू कसरी भइरहेको छ, महिलालाई के आवश्यक छ र त्यसलाई कसरी परिपूर्ति गरिरहेका छन् जस्ता सन्देश मैले आफ्नो चित्रमार्फत समाजलाई दिन खोजिरहेको छु । महिला के हो र महिलालाई यति हेला किन ? लिखित रूपमा अधिकार दिएको भए पनि त्यो कागजमा मात्र सिमित छ ।

सुरूवात त मैले आफ्नो गाउँबाट नै प्रदर्शनी सुरू गरेको थिएँ । त्यपछि नगरपालिका, राजधानी काठमाडौं, पोखरामा गरें । त्यसपछि यूएईमा पनि मैले प्रदशनी गर्ने मौका पाएँ । त्यहाँ मैले प्रदर्शनीका साथै सम्मान पनि पाएँ । यससँगै भारत, यूरोपमा पनि प्रदर्शनी भयो । अहिले भर्खरै पछिल्लो पटक काठमाडौंमा प्रदर्शनी सम्पन्न भएको छ ।

सुरूमा त मलाई पनि लाग्थ्यो कि यसबाट जिविकोपार्जन हुन सक्दैन तर अहिले म आफै भन्छु कि यसबाट जिविकोपार्जन गर्न सकिन्छ । मिथिला चित्रकलाबाट नामका साथसाथै आयआर्जन पनि गर्न सकिन्छ । चित्रकला आफैमा मूल्य नभएको वस्तु हो तर विदेशी पर्यटकले आफ्नो देश फर्कने क्रममा नेपालको मायाको चिनो लैजान खोज्छन् । त्यसमा पनि मिथिला चित्रकला अत्याधिक खोजि रहेका छन् । यो त विदेशी पर्यटकले लैजाने चित्रको माध्यमबाट भयो । चित्रको साथसाथै मैले टिर्सट, साडी, कुर्ता, व्याग आदिमा पनि पेन्टिङ गरिरहेको हुन्छु । यस्ता सामानहरू त देशभित्र पनि बिक्री भइरहेको छ । म लगायत मैले ८ जना महिलालाई काम दिइरहेको छु । उनीहरूले पनि त्यसबाट भएको आम्दानीले राम्ररी परिवार चलाइ रहेका छन् ।

मिथिला चित्रकलालाई व्यवसायीकरण गर्नका लागि पहिला यसको प्रचार प्रसार जरूरी छ । अर्को कुरा, यसको बजारीकरण पनि आवश्यक छ । सरकारले पनि यसमा ध्यान दिनुपर्ने छ । बजारमा कस्तो किसिमको माग छ त्यसमा पनि निर्भर रहनुपर्छ । मिथिला चित्रकला गर्न इच्छुक हुनेहरूका लागि पनि तालिम केन्द्रहरू खोल्नुपर्छ । यसको लागि सरकारलाई त घच्घच्याउनु त पर्छ ।

श्रोतः प्रथम पटक न्युजटुडेमा प्रकाशित

About Shyamsundar Yadav

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।