एफ.एमद्धारा स्थानीय तह र प्रहरीलाई डिस्पेन्सर प्रदान

एफ.एमद्धारा स्थानीय तह र प्रहरीलाई डिस्पेन्सर प्रदान

सप्तरी १७ पुस । सप्तरीको अपन एफ.एम १०४.६ मेगाहर्जले जिल्लाको विभिन्न स्थानीय निकाय र नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई पानी खाने डिस्पेन्सर मेशिन नयाँ वर्षको अवसरमा प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत रेडियोले नयाँ वर्षको अवसर पारेर उपहार स्वरुप स्वच्छ तातो, चिसो र नरमल पानी मेशिन प्रदान गरेको एफ.एमका अध्यक्ष नविन नरसिंह नेपालीले बताउनुभयो ।

एफ.एमको कार्यालय पुल चौक, राजविराजमै एक कार्यक्रमको आयोजना गरी उक्त मेशिन हस्तातरण गरिएको थियो ।  रेडियोले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदान गरेको उक्त सहयोगले आफूहरु हर्षित भएको उहाँहरुले प्रतिक्रिया दिनूभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र बिष्ट,  ट्राफिक प्रहरी प्रमुख छविरमण भट्राइ, पाथिभरा फुड्स प्रोड्क्टस एण्ड वाटर इडष्ट्रिजका सञ्चालक, लगायतको उपस्थिती रहेको थियो ।