खुकुरी प्रहार गरी हत्या गरिएकी महिलाको हत्याको अभियोगमा अभियुक्त प्रहरीको फन्दामा

खुकुरी प्रहार गरी हत्या गरिएकी महिलाको हत्याको अभियोगमा अभियुक्त प्रहरीको फन्दामा

मिति २०७५।०९।१२ गते बिहान राती ०२:०० बजेको समयमा जिल्ला सप्तरी सप्तकोशी न.पा.१० बस्ने रमेश श्रेष्ठको श्रीमती बर्ष २६ की पदिकी शेर्पा आफ्नै घरबाट हराई बेपत्ता भएकोमा निजको खोजतलास गर्ने क्रममा मिति २०७५।०९।१३ गते १०:०० बजे घर नजिकै (१०० मिटर पुर्ब तर्फ) रहेको पानीको कुलोमा मृत अवस्थामा फेला परेको घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा हाल अनुसन्धानको सिलसिलामा पक्राउ परी आएका प्रतिवादी जिल्ला सप्तरी सप्तकोशी न.पा.- १० वस्ने वर्ष ३७ को सन्तोष तामाङले पुरानो रिसिईवीको कारणले पदिकी शेर्पा श्रेष्ठलाई निजकै घर नजिकै रहेको नहर छेउमा ढुङगा र खुकुरी प्रहार गरी कर्तव्य गरेको भनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा निज प्रतिवादीलाई सम्मानित सप्तरी जिल्ला अदालतवाट पक्राउको अनुमति लिई पक्राउ गरी मिति २०७५।०९।१६ गते सम्मानित सप्तरी जिल्ला अदालतवाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।