लखपति भएर जन्मीनेछिन् मधेशका छोरीहरु : मुख्यमन्त्री राउत

लखपति भएर जन्मीनेछिन् मधेशका छोरीहरु : मुख्यमन्त्री राउत
अयुब हुसेन खान।  सर्लाही, १५ पुस । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले प्रदेश नं. २ मा माघ १ गते पछि जन्मीने छोरीहरु लखपति हुने छन् ।
सर्लाहीको पर्सा गाउपालिकामा आईतबार चलिसाहा दाहाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मुख्यमन्त्री बेटीपढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रदेशका ८ वटा स्थानीय तहमा यो कार्यक्रम लागु भएको र त्यसमा पर्सा गाउँपालिका समेत रहेको जानकारी दिए ।
मुख्यमन्त्री राउतले भ्रुणमै छोरिको हत्या गरिने कार्यलाई निरुत्साहित गर्न प्रदेश सरकारले बेटी विमा योजना ल्याएको उल्लेख गरे । उनले यो कार्यक्रम पहिलो चरणमा ८ वटा स्थानीयतहमा मात्र लागु गरिए पनि अगामी आर्थिक वर्ष देखी प्रदेश भरि नै लागु गरिने योजना रहेको थपे ।
प्रदेश सरकारले अहिले गरेका गतिविधिहरु बारे उल्लेख गर्दै बेटी पढाउ बेटी बचाउ, मुख्यमन्त्री स्वच्छता अभियान, दलित सशक्तिकरण ऐन, मदरसा बोर्ड जस्ता कार्यहरुले समाजिक परिर्वतनमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।
जन्मसिद्ध नागरिकका सन्तानहरुले नागरिक पाउन नसकेका प्रति लक्षित गर्दै उनले राज्यले कुनैपनि नागरिकलाई नागरिकता विहीन बनाएर राख्न नसक्ने बताए । त्यस्ता व्यक्तिहरुको लागि सहज तरिकाबाट नागरिकता उपलब्ध गराउन उहाँले संघीय सरकार संग मांग समेत गरे ।
मुख्यमन्त्री राउतले हिन्दु र मुश्लिमलाई जोडने दाहा जस्ता पर्वहरु प्रदेशको धरोहर रहेको उल्लेख गर्दै यस्ता पर्व संस्कृतिहरुलाई संरक्षण गदै अघि बढन् स्थानीय बासीहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा उद्योग , पर्यटन तथा संस्कृति मन्त्री राम नरेश राय, प्रदेश सभा सदस्य संजय यादव, प्रतिनिधिसभा सदस्य रुहीनाज, फोरम नेपालका प्रदेश सचिव सल्लाउद्दिन अहमद सहितको विशेष उपस्थिति रहेको थियो ।