जनकपुरको अञ्‍चल अस्पतालमा ८ बेडको एनआईसियु सेवा शुरु

जनकपुरको अञ्‍चल अस्पतालमा ८ बेडको एनआईसियु सेवा शुरु
अयुब हुसेन खान। जनकपुर पुस १५ गते । यस क्षेत्रकै एमा मात्र ठुलाे अस्पतालकाे रूपमा रहेकाे जनकपुर अञ्चल  अस्पतालमा शिशुहरुका लागि एनअाईसियु र नर्सरी सेवा प्रारम्भ भएकाे छ ।
शिशुहरुकाे लागि पाँच भेन्टिलेटर सहित ८ शैयाकाे एनआईसियु र १५ शैयाकाे नर्सरी सेवा आईतबारबाट सञ्चालनमा ल्याइएको हाे ।
एकवर्षकाे महिनेत र पश्चात संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश नं २ काे सामाजिक विकाश मन्त्रालयकाे सहयाेगमा ५ वटा भेन्टिलेटर सहित ८ शैयाकाे एनआईसियु र नर्सरी सेवा सञ्चालनमा ल्याउन सम्भव भएकाे मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताउनु भयाे ।