सप्तरी प्रहरीद्धारा मदिरा नष्ट

सप्तरी प्रहरीद्धारा मदिरा नष्ट

मिति २०७५।०९।०७ गते बिहान ०८:०० बजेको समयमा जिल्ला सप्तरी अग्निसाईर कृष्णसवरण गा.पा.-४ बनौली स्थितमा जिल्ला प्रहरी कार्यालय सप्तरी बाट प्र.ना.नि. को कमाण्डमा खटिएको प्रहरी टोलिले ऐ. बस्ने केदारनाथ सरन, घनश्याम सरन, बसन्त सरन र मनोहर सरनको घरबाट मदिरा बनाउने कच्चा पदार्थ ७०० लि. , मदिरा बनाउन प्रयोग हुने सख्खर १५० के.जि. , तयारी मदिरा २०० लि. र मदिरा बनाउन प्रयोग हुने बिभिन्न सामाग्रिहरु नियन्त्रणमा लिई स्थानिय भद्रभलाद्मि तथा बुद्दिजिबिहरुको रोहबरमा नष्ट गरेको छ ।

त्यसैगरी मिति २०७५।०९।०६ गते अं. १८:३० बजेको समयमा जिल्ला सप्तरी छिन्नमस्ता गा.पा. २ मोहनपुर स्थित दशगजा आसपास (२०० मिटर) क्षेत्रमा नेपाल बाट भारत तर्फ टाउकोमा बोकि लादै गरेको २४० बोतल (८ कार्टुन) मामाश्री नामक मदिरा , ३०० बोतल (१० कार्टुन) कस्तुरी नामक मदिरा, गोल्डेन ओके २५० ml को ४ वटा, पास-पास नामक मदिरा २५०ml को ६० वटा गरी अं.मु.रु. २१,०००।– बराबरको मदिरा ई.प्र.का. सखडा सप्तरी बाट खटिएको प्र.ना.नि. को गस्ति टोलिलाई देखि मदिरा फालि मानिस फरार भएको ,उक्त मदिरा बरामद गरी आवश्यक कारबाहीको लागि भंसार कार्यालय सप्तरी पठाईएको छ भने मिति २०७५/०९/०५ गते जिल्ला सप्तरी हनुमाननगर कंकालीनि न.पा. ९ स्थितमा दशगजा आसपास (२०० मिटर) क्षेत्रमा नेपालबाट भारत तर्फ साईकलमा लादै गरेको सोफी नामक रक्सि १८० बोतल (६ कार्टुन) ३००ml प्रति बोतल अं.मु.रु. ४,८००/- बराबरको ई.प्र.का. हनुमाननगर सप्तरीबाट खटी गएको गस्ती टोलीलाई देखी साईकल र मदिरा छाडी मानिस फरार भएकोमा उक्त साईकल र मदिरा बरामद गरी भंसार कार्यालय सप्तरी बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।