प्रवासमा बस्दै आइरहेका मधेशीहरुको छाता संगठन हेल्प मधेश के हो ?

प्रवासमा बस्दै आइरहेका मधेशीहरुको  छाता संगठन हेल्प मधेश के हो ?

अनलाईन सप्तरीका तर्फबाट उमेश यादवले हेल्प मधेशको संयोजक शिव नारायण यादवसँग गरेको कुराकानी 

१. तपाईको आफ्नो स्यानो परिचय ?
म शिव नारायण यादव, सप्तरी जिल्ला सुरुङा न. पा. वडा नं. ७ , साविक गा. बि. स. हरिपुर ७ । बिगत ८ बर्षदेखि साउदी अरबलाई कर्मभुमि मानि साउदीको दमाम स्थित अल खैर कम्पनिमा चिप एकाउनटेनटको रुपमा कार्यरत थिए र अहिले आफनै जन्मभुमिमा केहि गर्ने उदेश्यले साउदिको बसाईलाई बिट मार्दै नेपाल आएको हुँ ।

२. हेल्प मधेश कस्तो संगठन/संस्था हो एवं यसको उद्देश्‍य के हो ?
हेल्प मधेश प्रवासमा बसदै आइरहेका मधेशीहरुको छाता संगठन हो, जस्ले प्रबासमा अफ्ना श्रम शिप बेच्दै अनैको दुःख सहेर आफ्ना परिवार तथा मातृभूमिको लागि केहि गर्ने सोचमा रहेका मधेशी समुदायका युवाहरुले आफुले कमाएकोबाट केहि मासिक बचत गरि पिडितहरुको सहयोग गर्नै उदेश्यको लागि कोष निर्माण गरिएका हुन र मधेशी समुदायका युवाहरुलाई संगठित गरि आफना धर्म, संस्कृति, भाषा आदिलाई उजागर गर्ने र आईपरेका समस्याहरुमा हातेमालो गरि प्रबास जिवनमा रहेका पिडित मधेशीहरुको हकमा कानूनी परामर्श एवम्, आर्थिक सहयोग गरि सकुसल उद्धार गराई, मृतकको केशमा चाडो भन्दा चाडो नेपाल पठाउन सम्बन्धित निकायहरुसँग सहकार्य गरिन्छ र पिडितहरुको सहयोग गरिन्छ ।

तन.. मन.. धन.. मुल नाराका साथ मधेश र मधेशीको परस्पर सहयोग, सदभाबको लागि अगाडि बढि पिडित मधेशीहरुको र मधेशी समुदायलाई सेबा प्रदान गर्दै, मधेशीको समृद्धि, क्षमता, बिकाश, अशहायलाई सहयोग, राष्ट्रिय, अन्तराष्ट्रियमा बस्दै आईरहेका मधेशी युवाहरु, प्रवासमा रहेका मधेशी युवाहरु जो समस्यामा परेका छन त्यसका उद्धार र मधेशी समुदायसँग समन्मय गर्दै मधेशी समुदायको हितको एवम् सम्वर्द्धन गराउने सहितका उदेश्यहरुलाई ध्यानमा राखि मधेशी समुदायका सबै वर्ग, जातजाति एवम् धर्मका समावेशी स्वरुप प्रतिविम्बित संस्था हो ।

उदेश्यहरु

  • शिक्षा तथा सीप विकासका माध्यमबाट आर्थिक प्रगतिको लक्ष्य हासिल गर्ने ।
  • सचेतना तथा सामाजिक सहयोगको माध्यमबाट मर्यादित जीवन बाँच्न सहयोग पुर्‍याउने ।
  • सचेतना तथा शैक्षिक अभियान कार्यक्रम मार्फत सभ्य समाजको निर्माणमा सहयोग पुर्‍याउने ।
  • नेपाल सहित विश्वभरिकै मधेशीहरुलाई मधेश र मधेशीहरुको भलाईको लक्ष्य प्राप्त गर्न एक प्लेटफर्म उपलब्ध गराउने ।

यी र्कायहरु मार्फत मधेशीहरुको सशक्तिकरण गर्ने

  • शिक्षा, सीपमूलक तालिम तथा जीवन वृति सम्बन्धी परामर्शको माध्यमबाट, बालबालिकाहरु खासगरी बालिकाहरुको शिक्षामा प्रोत्साहन दिने ।
  • समस्यामा परेका मधेशीहरुलाई सहयोग गर्ने ।
  • मधेशीहरुलाई सूचनाको पहुँचमा सहजीकरण गर्ने र नेतृत्वको विकास गर्ने ।
  • मधेशीहरुलाई मर्यादित जीवन बाँच्नका लागि यी कार्यहरु मार्फत सहयोग गर्ने ।
  • मधेशी पहिचानमा गर्व गर्ने स्थितिको विकास गर्ने ।
  • मधेशी कला तथा साहित्यको प्रबर्द्धन गर्ने ।
  • मधेशी संस्कृति तथा परम्पराको प्रबर्द्धन गर्ने ।
  • मधेशी महिलाहरु विरुद्ध मधेशमा रहेका सामाजिक कुप्रथा तथा दमनको उन्मूलन गर्ने ।
  • मधेशमा सहयोग गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरु लगायतका संस्थाहरुसँग साझेदारी गर्ने ।
  • हेल्प मधेशी संस्थाले यी गतिविधिहरु गर्दा कार्यालय रहेको स्थानमा वा गतिविधि सञ्चालन गरेको स्थानमा कहिल्यै पनि कानूनको उल्लंघन गर्ने छैन र पारदर्शी भएर स्वयंसेवी संस्थाको रुपमा काम गरेर मधेशीहरुको विश्वासलाई कायम राख्‍नेछ ।

३. यसको शुरुवात कसरी, कहाँ, क-कस्ले गरेको हो ?
हेल्प मधेशीको शुरुवात कतारमा रहेको मधेशी समुदायका युवाहरुद्धारा सन् २०१५ मा स्थापना भएको हो । दोश्रो मधेश आनदोलनको क्रममा सरकारद्वारा मधेशीहरु माथि गरेको दुर्ब्यबहार जग जाहिर छदै छ त्यहि क्रममा खाडि देशहरुमा कार्यरत मधेशीहरुलाई त्यहाँ गरेको दर्ब्यबहार खासै भिन्न नदेखिएकाले बिपतमा रहेका (कतार , साउदी, मलेशीया, कुबेत, दुबै लगायत बिभिन्न देशहरुमा) मधेशीहरुको सँरक्षणको लागि सम्पूर्ण मधेशी यूवाहरु एकीकृत भई त्यहाँ कार्यरत बिभिन्न पेशाका मधेशीहरुलाई समाबेशी सँस्था कतारबाट स्थापना भइ हाल साउदी अरब, मलेशिया, दुबै, कुबेत र यूरोपका देशहरुमा काम भइरहेका छन् ।

४. हाल हेल्प मधेश कहाँ कहाँ सफलता पुर्वक काम गरिरहेको छ र कति जना सदस्य छन् ?
हेल्प मधेशि कतार, साउदी अरब, मलेशिया, कुबेत, बहराईन, दुबै लगायत यूरोपका देशहरुमा कार्यरत छन् जस्मा साउदीमा लगभग २०००, कतारमा २००० र मलेशियामा ५०० सकृय सेबक सदस्यहरु छन् ।

५. मुख्य उपलब्धी तथा सहयोग जुन हेल्प मधेशले गरेको छ ।
हेल्प मधेशीको सबै सहयोग सँस्थाको उपलब्धि नै हो किनकि यस्को सहयोगि सँस्थाको सेबक सदस्यहरुले अति आबश्यक ठाँउमा सहयोग गरेका हुन । अहिले सम्म लगभग ५० जना मृत शरिरलाई जो साउदी, कतारमा मृत्यू भई कम्पनिले नेपाल पठाउन अनाकानी गर्नेलाई सम्बनधित निकायहरुसँग सहकार्य गरी नेपाल पठाएका हुन । गत बर्ष मधेशमा आएका बिनाशकारी बाढि प्रभाबित क्षेत्रहरुमा राहत समाग्रि बितरण गरिएका हुन्  । मधेशका अति बिपन्न परिबारहरुलाई बिभिन्न जिल्लाहरुमा घर निमार्ण, सितलहमा न्यानो लता कपडा, आर्थिक सहयोग, औषधि उपचार सहयोग,  छात्रबृति सहयोग गर्दै आइरहेका छन् । भर्खरै सँस्थाले मधेशको अति बिपन्न, एकल महिला, अपाङ्ग,  सहिद परिबारका बालबचाहरुलाई लक्षित गरि १००० जनालाई छात्रबृति सँचालन गरकेको र साउदिमा मृत्यु दण्ड सजाय सुनाएका उमेश यादव बचाउ अभियनमा १०,००,००० दश लाख सहयोग गरेका छन् ।

६. अगामी रणनिति तथा योजना के के हो ?
अगामि रणनिति र कार्ययोजना खाडि मुलुकमा कार्यरत मधेशी युवाहरु जो आफनो श्रम, शिप बैच्दै परिवार, समाज र राष्ट्रलाई आर्थिक समृद्धि गराउन आफ्ना सबै इच्छा आकांछा हरुलाई मार्दै एकलो जिबन बिताइरहेका त्यस्तो युवाहरुलाई प्रदेश सरकार रोजगारको सृजना काम गर्नै बातावरण बनाइदिन र युवाहरुलाई प्रोतसाहन हुने कार्यक्रम वा जगेडा कोषको निमार्णको लागि प्रदेश सरकार सँग अपिल गर्ने छ र मधेशी बालबालिकाहरुलाई शिक्षा अभियान अन्तर्गत लाभान्वित गराउने छ ।

७. वैदेशिक रोजगारमा वसी हेल्प मधेशमा आवद्द युवाहरुको कस्तो सहयोग प्राप्त भई रहेको छ ? र उहाँ हरुले गरेको सहयोगलाई कहाँ अरुको सहयोगमा प्रयोग गर्नु भएको छ ? बुंदागत रुपमा भनिदिनुहोस् ।
बैदेशिक रोजगारमा रहेका हेल्प मधेशी मा आबद्ध सेबक सदस्यहरुले आफुले कमाएको रकम मध्ये स्वइच्छा प्रत्येक महिना रकम जम्मा गर्दै आइरहेका छन जुन रकम आ आफनो दलान कमिटि मातहत रहने गर्दछ र सो रकम केन्द्र कमिटिमा जानकारी गराईन्छ । पिडित परिवारको नाममा एक रियाल । सँस्थाको सेबक सदस्यहरुलाई कुनै किसिमको आपत बिपत परेको खण्डमा बिषेश सहयोग को ब्यवस्था गरेका छन् ।

  • पिडितको आबास निर्माण
  • आर्थिक सहयोग
  • उपचार खर्च
  • आपतकालिन उद्धार कोष
  • प्रबासमा मृत्यु भएको खण्डमा लाशलाई नेपाल पठाउन सम्बन्धित निकायमा पहल र आर्थिक सहयोग
    मधेशमा शिक्षा अभियान सँचालन गरि सक्षम समाज निर्माण र एक उदाहरणीय सँस्थाको रुपमा हेल्प मधेशिलाई स्थापना गराउने ।

८. अन्तयमा केही भन्न चाहनुहुन्छ ?
धन्यवाद अन लाइन सप्तरीलाई, हेल्प मधेशि सँस्थाको तर्फबाट सम्पुर्ण मधेशि जो प्रबासमा कार्यरत छन यदि कोई कुनै समस्यमा छन कृप्या सबै मिलि पिडितहरुको उद्धारको लागि एक जुट भइ र नेपालमा आइपरेको समस्यामा हातेमालो गरि एक कुसल समाजको निमार्ण गर्नुस् । प्रदेश सरकारले खाडिबाट फर्किएका यूबाहरुको लागि ब्यबसायीक अनुदान र सहुलियत ऋणको लागि बिषेश निति बनाओस् । अन्तमा हेल्प मधेशिमा आबद्ध सम्पुर्ण सेबक मित्रहरुले आफनो कमाएको रकमबाट मासिक रुपमा पिडितहरुको सहयोगको लागि तन मन धन ले लाग्नुभएको छन उहाँहरुलाई बिषेश धन्यवाद सहित अगामि दिनहरुमा पनि पिडितको सहयोगको लागि एकिकृत भई आबद्ध हुन अनुरोध छ र उहाँहरुको परिवारलाई मा भगबतिले सुख समृद्धि प्रदान गरियोस् ।

हेल्प मधेशीको बारेमा जान्‍न नेपालका संयोजक सँग सम्पर्क गर्नुहोस् ।
शिव नारायण यादव
9 8 0 3 7 3 1 5  9 5
[email protected]