लौनीयामा बालकचहरी कार्यक्रम

लौनीयामा बालकचहरी कार्यक्रम

राजविराज, ३१ असोज, । समाजमा भईरहेको वालविवाह,बाल दुब्यवहार,भेदभाव र लैँगिक विभेदलाई न्युनीकरण गर्ने उदेश्यले आज यहाँ सार्वजनिक सुनबाई कायक्रमम सम्पन्न भएको छ ।

सेभद सप्तरीले सप्तरीको तिलाठी कोइलाडिको वडा नं. २ लोनियामा मंलगबार आयोजना गरेको बालकचहरी सार्वजनिक सुनवाई कार्यक्रममा बालबालिकाहरुले आफनो अधिकारको बिषयमा आफनो कुराहरु सरोकारबाला समक्ष राखेका छन ।सेभ द चिल्ड्रृनको सहयोगमा आयोजित सो कार्यक्रममा नो वटा बालकलबका बालबालिकाको सहभागिता रहेको थियो ।

ति बालबालिकाहरुले कार्यक्रममा उपस्थित सरोकारबालाहरुलाई आफनो अधिकारको बारेमा प्रश्न गरेपछि सो प्रश्नको जवाफ सरोकारबालाहरुले दिएको बताइएको छ ।

कार्यक्रममा सेभद सप्तरीका अरुण यादव, वडा संचिव मुक्ति यादव स्वास्थ्य चौकीका इर्चाज दिपक मंडल गाउँबाल संरक्षण समितिका अधयक्ष उषा कुमारी मण्डल , रोशन कुमार यादव र राससका पत्रकार अरुण कुमार यादव लगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रम भने सेभ द सप्तरीका स्थानिय सामुदायिक परिचालक रुपेश मण्डलले गर्नुभएको थियो ।