दुई बिद्यालयमा शुभकामना अदानप्रदान

दुई बिद्यालयमा शुभकामना अदानप्रदान

राजविराज, ३१ असोज, । दिपावली तथा छठ पर्वको पुर्वसन्ध्यामा सप्तरीको सदरमुकाम राजविराजमा रहेको दुई बिद्यालयले आज शुभकामना अदान –प्रदान तथा सांस्कृति कार्यक्रमको आयोजना गरेको छ ।

राजविराज ३ मा रहेको म्याकसल इङ्गलिस बोडिङ्ग स्कुलले दिपावली तथा छठ पर्वको पुर्वसन्ध्यामा कार्यक्रम गरि शुभकामना अदान प्रदान गरेको छ भने बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरुले सास्कृतिक कार्यक्रम गरेको बिद्यालयका एकोन्टेन्ट राजेश यादवले जानकारी दिनुभयो ।

कक्षा १० मा अध्यन गर्ने बिद्यार्थीहरुले आयोजना गरेको सो शुभकामना आदना प्रदान कार्यक्रममा नेहा साह, बिनिता यादव, नेहा सोनी, पुर्णनिमा यादव, खुशबु साह, सपना दास, नितेश रजक, नबिता यादव, इमरान खान,लगायतका छात्रछात्राहरुले नृत्य गरेको बिद्यालयका शिक्षक मुकेश कुमार यादवले बताउनुभयो ।

सो क्रममा नेहा साह प्रथम, निसु सोनी दितिय, पुर्णनिमा यादव तितृय, नेहा सोनी चौथो स्थानमा बिजय भएको र उनीहरुलाई सिल्ड र मेडल तथा अबिर लगाएर प्रमुख अतिथि बिद्यालयका शिक्षक रामबल्भ लाल कर्णले पुरस्कार बितरण गर्नुभएको थियो ।

यसैबिच सो बिद्यालयका शिक्षक अर्जुन यादव, राजेश यादव, अर्मिता साह, यसोधरा भारती, बिद्यार्थी जयप्रकाश यादव, अबिशेक आनन्द, राजु यादव, तुलसी मण्डल लगायतकाले शुभकामना मतब्य ब्यक्त गरेको थियो ।

यस्तै राजविराज ४ मा रहेको ज्यन्ति इन्दिरा कन्या माबिले पनि दिपावली तथा छठपर्वको पुर्वसन्ध्यामा आज यहाँ शुभकामना अदान प्रदान र सा.स्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रदीप भदेश्वार यादव,राघव मण्डल,निसा मिक्षा,खलिदा खातुन, आशा यादव, जुनु आलै, रहही प्रवीण, रन्जुन मिश्रा सहित बिद्यालयका शिक्षक र शिक्षिकाहरुले शुभकामना मन्तब्य दिएको छ ।

सांस्कृतिक कार्यक्रममा गुरुपिङ्ग र सिङ्गल नृत्यु गर्ने छात्र र छात्राहरु मध्य बिजेता हुनेहरुलाई पुरस्कार समेत बितरण गरिएको छ ।
सिङ्गल तर्फ प्रथम हुने कक्षा ७ की सुस्मीता मण्डल, दितिय तर्फ आकास प्रवीण, तितृय दिबिया झा र सान्तोना यसराज शर्मा भएका छन ।
त्यस्तै गुरुपिङ्गतर्फ सरस्वती खुशी प्रथम,आयुसका,पुस्पा आले दितिय तथा आफृया,किरण युरीसा तितृय भएको छ भने कुसुम शर्मा सान्तोना प्राप्त गरेका छन ।

बिजेता हुने उनीहरुलाई डक पेन, कापी र अबिरबाट समान गरेको बिद्यालयका प्रिन्सिपल अंजय शुक्लाले बताउनुभयो ।