बाबुराम पागल कि भन्ने मान्छे अभागल ?

बाबुराम पागल कि भन्ने मान्छे अभागल ?

राजेश विद्रोही ।

परिवर्तनमुखि राजनीतिक आन्दोलनमा पदप्रतिष्ठा सहायक कुरा हुन् । प्रमुख कुरा त सहि राजनीतिक कार्यदिशा र दृष्टिकोण अनि उच्च मनोबल, त्याग, तपस्या र बलिदानका कुरा हुन् । जसले मात्र सहि अर्थमा उत्पीडित वर्गको सेवा र मानव जातिको भविष्यको ग्यारेन्टी गर्न सक्छन् । यही कुरामाथि बेइमानी हुँदा दशवर्षे जनयुद्ध प्रतिक्रान्तिमा फेरिए ।

जनयुद्ध र जनआन्दोल लडेर आएका भनिएका साथी कमरेडहरुको हिजोदेखि फेस्बु ´स्टाट्स र कोमेन्ट` हेर्दा अहिले महसुस भइरहेको छ कि ती साथीहरू समाजिक राजनीतिक परिवर्तनका लागि लडेका होइनन्, पदप्रतिष्ठाका लागि मात्र लडेका रहेछन् । त्यहीँ भएर जनयुद्धमा पार्टीभित्र अन्तरघात र आफ्नै योद्धाहरुलाई ´सिआडी सुराकी` गरेर मार्थे उनीहरू ।

मैले भन्न खोजेको विषय के हो भने डा. बाबुराम भट्टराई अहिले जुन हैसियतमा संसारसामु उभिएका छन्, त्यो चानचुने कुरा होइन । बाबुरामलाई जनयुद्धका केही खोपडीहरुले मारिसकेका हुन् । बाँचे उनी आफ्नै हैसियतले । र, त्यही हैसियत र कौशल्तामा आज माओवादीहरु आफ्ना थोरै हैसियत बनाएका छन् र सताको चास्नीमा डुबुल्की मारिरहेका छन् ।

राजनीति विषय धेरै उतरावचढावका सवाल हुन् । इतिहाससँग कमीकमजोरी कस्ले गरेका छैन् । भन्नेहरू पनि त्यो ठाउँमा रहेको भए केही न केही गल्ती, कमी र कम्जोरी गरेरै फर्किन्थे होला ।कमीकमजोरी नभए कोही पनि मानिस परिकता हासिल गर्न सक्दैन । त्यसैले मुख्य कुरा त महसुस गर्ने कुरा प्रधान हुन्छ । खैरो खन्ने कुरा प्रधान हुँदैन ।

डा. बाबुराम भट्टराईले अहिले जुन नयाँ वैकल्पिक राजनीतिक अभियान चलाएका छन् त्यो चानचुने कुरा होइन । यो अभियानको कुनै पनि राजनीतिक दलले जिम्मा लिने हैसियत राखेन । किनभने यो कठिन राजनीतिक अभियान हो । इतिहासको महत्त्वपूर्ण राजनीतिक आवश्यकता पनि । हतियारको युद्ध लडे जस्तो छिटो र छरितो छिनोफानो गर्ने हैसियत राख्दैन यो आन्दोलनले । यो बन्दुकको गोली भन्दा सयौं गुणा पीडादायी हुन्छ ।

सुरुमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्दा बाबुरामसँग के के न हुन्छ भनेर त्यागहिन मानिसहरू हवारहवार्ती पसे । जसले इतिहासमै पहिलोपटक वैकल्पिक राजनीतिक अभियानको उदघोष गर्दा काठमाडौंको रंगशालाको मानव सागरले इतिहासनै रचे । बाहबाह बाबुराम भन्नेहरू कति थिए कति । तर, जब बाबुरामको त्याग र समर्पणको कठिन यात्रा सुरु भयो त्यसपछि त बाबुरामका दाहिने बाहिने हात भन्नेहरु सबै जुकाले रगत चुसेर शरीर छाडे जस्तै छोडेर हिंडे । तर, बाबुराम अलिकति पनि बिचलित भएन । एकलै भए पनि रातारात खटिएका दृश्य अहिले पनि ताजै लाग्छ मलाई ।

केही दिन त बाबुरामको राजनीतिक दुख देखेर थुप्रै बाबुरामहरु आँशु नै झारे । अरु के नै थिए र उनीहरुसँग आँशु दिने बाहेक । बाबुरामलाई बुढेसकालमा के दुख गर्न रहर जागेको होला भन्नेहरु पनि रोड र चिया पसलमा देखिए । तर, उनीहरुले यो बुझ्न सकेनन् कि बाबुरामले बुढेसकालमा गरेको यो परिपक्व राजनीतिक दुख र अभियान हाम्रो हो भनेर । यसका लागि त केही फरक ´आर्किटेक्नेचर` गर्नुपर्दो रहेछ, बरु त्यो थप कुरा बाबुरामले सिके । उनले त आफ्ना सहयात्रीहरुलाई यतिसम्म पनि इमानदारीपूर्वक भन्थे,´साथीहरू ! म त समन्वय गरिदिने मात्र हो । कुसल संगठक त तपाईहरु नै हो ।` तर, अहिलेसम्म पनि थुप्रै मानिसहरू भ्रममा छन्, जातवादी व्यापारीक राजनीतिक चरित्रको कारण ।

राजनीतिको व्यापारिक फाइदामा उक्लिएकाहरुलाई बाबुरामको निर्णय देखेर त झन् उटपट्यांग भएछन् । लाग्छन् उनीहरुलाई बाबुराम त गाउँका असली कामी, दमाई र सार्की हुन् । जोसँग जति जोर जुलुम गरे पनि कुनै हैसियत नै छैन् । हैसियत त उनीहरुलाई देख्छन्, जो दिनदहाडै अहिले पनि बैधानिक र अबैधानिक रुपमा, प्रत्यक्ष र अप्रत्यक्ष रुपमन निरंकुश पंचाइति व्यवस्थाको भन्दा बढी बरबर अत्याचार मच्चाई रहेका छन् । उनीहरुलाई त्यही कुरा मन परिरहेको छ । नयाँमा पुरानो गन्ध देखिरहेका छन् ।

अहिलेको सिंहदरबारको ´सेन्ट्रि पोष्टबाट` सबैको प्रश्न हो बाबुराम किन पागल भए ? मेरो पनि त्यही प्रश्न हो बाबुराम तिमीलाई सबैले किन पागल भनिरहेका छन् ? उनीहरुसँग अरु कुनै शब्द छैन् ? उनीहरुको अग्लो ठाउँबाट हेर्दा म पनि तिमीलाई पागल बाहेक अरु केही भन्न मन लाग्दैन । किन मरिहत्ते गरिरहेका छौं ? आफूसँगै अरुलाई पनि बुढो बनाई रहेका छौ ?

About राजेश विद्रोही

विद्रोही जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।