बोदेबर्साइन ३, गौरामा मनिहारा पसलमा आग्जनी

बोदेबर्साइन ३, गौरामा मनिहारा पसलमा आग्जनी

श्यामसुन्दर राम ।

गएराती सप्तरीको बोदेबर्साइन नगरपालिका ३, गौरा गाउँमा दलित महिलाको मनिहारा पसलमा आग्जनी भएको हो ।

पसल बन्द गरेर घरमा खाना खान आएकोबेला मंगलबार बेलुका ८ बजे पसलमा पेट्रोल छरेर आग्जनी गरेको ४८ वर्षीय पीडित महिला भुतोदेवी रामले बताइन् । उनको जीवन बाँच्ने त्यही एउटा आधार कठघरामा मनिहाराको पसल थियो । त्यहा पसल दशवर्षदेखि चलाएर बसेकी थिइन् । त्यहीँ पसलबाट ६ जना परिवारको गुजारा चलाउँथिइन् ।

पसल राम्रै चल्थ्यो । गौरा चौकमा पसल थियो । वरिपरि प्रशस्तै एलानी जग्गा छ । त्यहाँ मात्र ३० घर दलित बस्ती छ । चार महिना अगाडि केही स्थानीय व्यक्तिहरुले एलानीमा वर्षौंदेखि कठघरा राखेर पसल चलाएको भन्दै उसको पसल अगाडिनै पंचाइत बसाएर आवागमन बन्द हुनेगरी रोडमै धनेश्वर यादवले जबर्जस्ती घर बनाएका छन् । तथापि उनी जेनतेन पसल चलाएर बसेकी थिए । मलाई दलित त्यसमा पनि दलित महिला भनेर हेप्दै आएको थियो । आज मेरो जीवनभरको रोजीरोटी खोसिएको छ । यस्तो बन्दाबन्दीमा कसरी बाँच्ने ? उनी रुँदै भनिन्,´दुई लाखके पुँजी लगेने छेली । अहि दोकानसे जीवन चलाई छेली । आब त कुछ नै रहल । कोना चलायव जीवन ? अहिनाई उपद्रो हैत रहत तें ।`

पसलमा कसले आग्जनी गर्यो ? कसैलाई थाहा छैन् । प्रहरीले रिपोर्ट लगेको छ । नगरपालिकालाई पनि घट्नावारे थाहा छ । त्यहाँ पटकपटक कुनै न कुनै रुपमा विभिन्न घट्नाहरु घटाएर दलितमाथि अत्याचार हुँदै आएको र यहाँका दलित गैर दलितबाट त्रसित रहेकोले केही बोल्न नसक्ने भन्दै पसलकै विषयलाई लिएर पसलको आग्जनीमा केही गैरदलितहरुको हात हुनसक्ने पीडित महिलाको जेठाजु रुन्दी रामले बताउनुभएको छ ।

सयको नेतृत्वमा रहेको नगरपालिकाको नगर प्रहरी प्रमुख चन्द्रबहादुर केरुंगकानुसार, घट्नामा प्रहरी पुगेर रिपोर्ट ल्याएको छ । आग्जनीले १०/१२ हजारको क्षति भएको छ ।  पीडित पक्षले निवेदन दिए अनुसन्धान र कार्वाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।