यसरी बगेको छ दलितको स्वाभिमान

यसरी बगेको छ दलितको स्वाभिमान
  • पार्वती चौधरी ( ज्योति )
    सप्तरी खड्क नगरपालिका ३ सप्तरी ।

दलितसँग आफ्नो जमिन छैन्
खाने, बस्ने र लगाउने चर्को समस्या छ
स्वास्थ्य, शिक्षा, सुरक्षाको कुनै ठेगान छैन्
त्यसैले, उसको स्वाभिमान
कहिले भेरी नदिमा सुसाउँछन्
त कहिले रुखमा झुन्डिएको अबस्थामा भेटिन्छन् ।

दलितसँग आफ्नो भन्ने केही छैन्
उसकै श्रम पसिना र मेहनतले देश अर्जेको छ
काम गर्ने कालु मकै खाने भालु झैं
देशका साशकहरु दलितलाई लुच्छि रहेकाछन्
लुटि रहेका छन् निरन्तर विभिन्न वाहानामा ।

कहिले बस्तीमा डोजरले भत्काईन्छ
त कहिले कानुनी र समाजिक जालमा पारेर
लुटी लुच्छी तड्पाई तड्पाई मारिन्छन्
त कहिले यसरी नै जातपात र छुवाछूतको नाममा
विभिन्न खाले घट्ना सेटिंगमा घटाईन्छ ।

मुलुकमा गणतन्त्र छ कुनै प्रत्याभूति छैन्
मुलुकमा कानुन छ तर, कुनै सहारा छैन्
मुलुकमा राजनीतिक दल छन् तर, कुनै अभियान छैन्
छ त केवल आफ्नै स्वार्थ पुरा गर्ने झूटो अभियान
त्यसैले, राज्य र सरकार नै सेटिंगमा चलेपछि
यो कानुनी राज्यको के मतलव ?
अगामी पुस्ताले के सिक्ने यसखाले इतिहासबाट ?
त्यसैले, धिक्कार छ यो देशको साशकलाई ।

यसरी कहिले दलितको स्वाभिमान
भेरी नदिमा बग्छ
त कहिले प्रेमपत्रमा नाममा बगाईन्छ
कहिले पासोमा झुन्डिएको भेट्छ
त कहिले बलात्कृत अबस्थामा भेट्छन्
कहिले दलित बस्ती उठिबास पारेर
निर्दोष अनुहारमा कथित तल्लो जातको दर्जा दिएर
कानुनी राज्यमा दलितको स्वाभिमान बेचिन्छन् ।

त्यसैले, अब त उठ्नै पर्छ दलित हो
रातारात जागेर भए पनि जुट्नैपर्छ दलित हो
न त नवराज जस्तै आलोपालो दलदलमा फसाएर
तिम्रा सबै धन र धर्म लुटेर मौज गरिरह्नेछन् फटा समाजले
तिमीलाई झूटो मुक्तिको बिल्ला भिराएर अपमान गरिरह्ने्छन्
समाजका कथित ठूला जात भनाउँदाहरुले ।