असहायलाई व्यवसायीद्वारा खाद्यान्‍न सहयोग

असहायलाई व्यवसायीद्वारा खाद्यान्‍न सहयोग

विद्यानन्द राम
बन्दाबन्दीका कारण छाक टार्न समस्या खेप्दै आएका सप्तरीको बोदे बरसाईन नगरपालिका–३ गौराकी भोगियादेवी राम परिवारलाई एक युवा व्यवसायीले व्यक्तिगत रुपमा खाद्यान्न समग्री उपलब्ध गराएका छन् ।

‘जनतासमाचार डट्कम’ ले ‘भोगिया भन्छिन्, यस्तै रह्यो भने रोगले भन्दा पनि भोकले मर्ने पक्का छ’ शीर्षकमा समाचार प्रकाशन गरेपछि सोही नगरपालिका–२ का युवा व्यवसायी अनवर अलीले राहत स्वरुप रामलाई खाद्यान्न समग्री उपलब्ध गराएका हुन् ।

खडक नगरपालिकास्थित विसनपुर चौकमा अटो सेन्टर सञ्चालन गर्दै अलीले शुक्रबार रामको घरमै पुगेर चामल, दाल, तेल, नून, साबुन लगायतका खाद्यान्न समग्री उपलब्ध गराएका हुन् । राहत उपलब्ध गराउँदै अलीले कोभिड-१९ को महामारीको बेला पनि गुजारा चलाउन कठिनाई खेपिरहेका अति विपन्न तथा श्रमिक परिवारको समस्या उठाएर जनतासमाचारले असल सञ्चारको भुमिका निर्वाह गरिरहेको भन्दै जनतासमाचारलाई धन्यवाद दिएका छन् । उनले यस्ता परिवारको दैनिकी सहज पार्नेतर्फ स्थानीय सरकारलाई पनि ध्यान पुर्याउन आग्रह गरे ।

खाद्यान्न सामग्री  पाएपछि रामले अली र जनतासमाचारलाई धन्यवाद दिएकी छिन् ।

श्रोतः जनता समाचार