दलित हिंसा विरुद्ध चमार कल्याण समाजद्वरा कार्वाहीको माग

दलित हिंसा विरुद्ध चमार कल्याण समाजद्वरा कार्वाहीको माग

पछिल्लो समय नेपालमा दलित समुदायमाथि भैरहेको विभिन्न खाले हत्या हिसां तथा अपमान जनक कार्य तथा अभिब्यक्तिमाथि चमार कल्याण समाज नेपालले घोर भत्सर्ना गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष दिनेश चमारद्धारा जारी विज्ञाप्तीमा रुकुम जिल्लामा भएको दलित युवा नवराज विक सहितको समूहमाथि योजनाबद्ध तरिकाले समाजबाटै आक्रमण र हत्या सम्मको घट्ना हुनु निन्दनीय छ । त्यस्तै सिरहा मिर्चैया कल्याणपुरकी महरा थरकी दलित महिलामाथि राजनितिक आडमा यौन हिंसा गर्नु, रुपन्देहीका दलितमाथि स्थानीय नेकपाका नेता कहलाउने एकजना नेताले दलित विरोधी अभिव्यक्ति दिएको विषय भाइरल हुँदा पनि सरकारले कुनै पनि सक्रिय पहल र कार्वाहीको प्रक्रिया अगाडि नबढाएको भन्दै कडा कारवाहीको माग गर्दै विरोध गरेको छ ।

समाजका अध्यक्ष चमारद्धारा जारी विज्ञप्तीमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँगको अन्तरजातीय प्रेम सम्बन्धका कारण स्थानीय गाउँलेहरुको कुटाइबाट गत शनिबार जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । भने नवराजका साथीहरु ६ जना दलित यूवाहरु बेपत्ता छन् भने १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । जात नमिल्ने भन्दै यसअघि नै नवराजविरुद्ध प्रहरीमा उजुरी समेत गरिएको थियो ।

त्यस्तै सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ का उमेशप्रसाद साहको छोरा बर्ष २४ का गान्धी साहले सोहि कल्याणपुर नगरपालिका ११ की एक दलित महिलालाई पटक पटक फोन गरेर आफुसंग यौन सम्बन्ध राखे रु ५०० दिने प्रस्तावलाई अस्वीकार गर्दा यही २०७७ जेष्ठ १० गते शनिबारका गाली गलौजसहित कल्याणपुर नगरपालिकाको अगाडि घिसार्नुका साथै लुगाफाटो समेत च्याति दिएको पीडित महिलाको बताएकी छन् ।

घट्नाका विरुद्ध कल्याणपुर ईलाका प्रहरी कार्यालय प्रमुख प्रमोद साहलाई घटनाबारे पीडित पक्षले जानकारी गराए पनि पीडक पक्ष ईन्सपेक्टर प्रमोद साहको जातीय नाता रहेको कारण गान्धी साहलाई कुनै कार्वाहीको प्रक्रिया अगाडि नबढाएको पीडित पक्षको अारोप छ । कार्वाहीको कुरा गर्दा प्रहरी परिसमै प्रमुख अगाडि गान्धी शाहले पीडित महिलालाई अभद्र गाली गर्दा पनि चुई नबोलेको पीडित महिलाले थपिन । हाल निज दलित महिला मिर्चैया अस्पतालमा उपचार गराईरहेकी छन । पिडित महिलाका श्रीमान हाल बैदेशिक रोजगारीमा छन् ।

यस्तै पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मी सुहाङले उनैले बोलाएको बैठकमा सहभागी एक दलित युवालाई दलित भन्दै बैठक कक्षबाट बाहिर निकालेका छन् । यही २०७७ साल जेष्ठ ७ मा वडा कार्यालयको भवन बनाउने विषयमा सर्वपक्षीय बैठकमा सहभागी हुन पुगेका कांग्रेस प्रतिनिधि वीरबहादुर उपरकोटीलाई वडाध्यक्ष सुहाङले आफूले बोलाएकोभन्दा अरू नै मान्छेलाई पार्टीले बैठकमा पठाएको र त्यसमा पनि दलितलाई पठाएको भन्दै अध्यक्ष सुहाङले ‘यो मान्छेलाई मैले बोलाएको छैन, यसलाई म मिटिङमा बस्नै दिन्नँ’ भन्दै जातीय रूपमा विभेद गर्दै बैठकबाट निकालिएको पीडित उभरकोटीको भनाइ छ ।

त्यस्तै कालीकोट जिल्लाको पलाता गाउँपालिकाको वडा नंबर २ मा यही २०७७ साल जेष्ठ १० गेतका दिन त्यहाँका सर्पनन्द न्यौपाने, यमप्रसाद न्यौपाने र मन्जन न्यौपानेले सोही वडा लार्फ निवासी शिक्षक मनलाल विक, देव कामी र रन्दीपे कामीलाई पार्टीले चलाएको अभियानमा सहभागी नभएको भन्दै कुटपीट गरेका छन् । हाल देब कामी बेहोस अवस्थामा स्थानीय हेल्थ पोष्टमा उपचारमा छन् ।

उता रुपन्देही जिल्लाको संजय गुप्ताले सप्तरी जिल्लाको कंचनरुप नगरपालिका वडा नंबर ५ का मलरा सदाको मृत्यू भएको समाचारका विरुद्ध बाहुनले दलितको घरमा खाना पकाउने बाहेक दलित समुदायलाई दिन केही पनि बाकी नरहेको कटाक्ष गर्दै दलितलाई ६० वर्षमा भत्ता, जनता आवास योजना, समानुपातिक निर्वाचन, डोमलाई मासिक १००० भत्तालगायत कार्यक्रम दिएको भात पकाएर खुवाउन मात्र बाँकी छ । होस गर साथी अब मायावतीको जस्तो हालत नहोस भन्दै फेसबुकमा स्टाटस लेखेर आम दलितहरुको भावनामाथि ठेस पुर्याएको छ ।

त्यस्तै रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा न .११ को १५ बर्षिय अंगिरा पासीलाई समाजकै रोहबरमा गैर दलित दुलहा पक्षको जिम्मा लगाएको केही बेरमै हत्या भएको छ । त्यसैगरी नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा कोभिड १९ का कारण मृत्यू भएका व्यक्तिको विषयमा टिप्पणी गर्दै आफू मरे डुमै राजा भनेर दलितहरुमाथि अपमान गरेका मात्र होइन सो टिप्पणीका विरुद्ध प्रतिक्रिया दिने दलितहरुलाई व्यक्तिगत रुपमा धम्काउने र अपमान गर्ने काम निरन्तर गरिरहेका छन् ।

कोभिड १९ को विश्वव्यापी महामारीका कारण २ महिनादेखि बन्दाबन्दीको कारण भोक र रोग तथा अभावको कष्टपूर्ण जीवन विताईरहेका दलितहरुमाथि यस खाले जातीय छुवाछूत र भेदभावजन्य घट्नाहरु घट्नु, ती घट्नाहरुको विरुद्धमा स्थानीय प्रहरी प्रशासन मुकदर्शक बन्नु र स्थानीय सरकार, राजनीतिक दल तथा मूलधारको नागरिक समाजसमेत बेखबर हुनुले हामीलाई दुखी बनाएको छ । यसअघि अन्तरजातीय विवाह र प्रेम सम्बन्धका कारण गैरदलित समुदायबाट हत्या गरिएका काभ्रेका अजित मिजार, सप्तरीका शिवशंकर दास, दैलेखका सेते दमाई, झापाकी अस्मिता तोलामी सार्की, तनहुँकी संगीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपालीको घटनामा राज्यले दोषिलाई कुनै कार्वाही गर्नुको साटो उन्मुक्ति दिएका छन् ।

यसरी निरन्तर पोखरा, पाल्पा, गुल्मी, धनकुटा, मोरंग, जाजरकोट, बैतडीलगायतका घट्नामा पनि कानून अनुसार कार्वाही नगरेको हुँदा यो देशमा सबै दलित समुदायको ज्यान नै जोखिममा रहेको र राज्य पनि नभएको महसुस भएको विज्ञप्तिमा उल्लेख छ । आफ्नो न्याय र मर्यादाका लागि आफ्नो आफ्नो स्थानबाट प्रतिवाद गर्न समाजका अध्यक्ष चमारले आव्हान समेत गर्नुभएको छ ।

About राजेश विद्रोही

विद्रोही जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।