डाक्नेश्वरीको रोमान्चक जित संगै फाईनलमा रुपनीसंग भिडने

डाक्नेश्वरीको रोमान्चक जित संगै फाईनलमा रुपनीसंग भिडने

७ असार, राजबिराज ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनमा प.बि.मा.बि.को क्रिकेट मैदानमा संचालित सप्तरी प्रिमियर लिग सिजन २ अन्र्तगतको अन्तिम लिग खेलमा डाक्नेश्वनरीले रोमान्चक खेलमा तिलाठि कोईलाडिलाई ३ रनले पराजित गर्दै आईतवार हुने फाईनल खेलको लागि आफनो स्थान पक्का गरेको छ ।

फाईनलमा पुग्न दुवै टोलिलाई जित महत्वपुर्ण रहेको अवस्थामा तिलाठि कोईलाडि जाईन्टसले टस जिती पहिलो बयाटिंगको लागि डाक्नेश्वरी राईडसलाई ब्याटिंगको लागि निम्तो दिए पछि ब्याटिंगको लागि मैदानमा ओर्लेको डाक्नेश्वरीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा आफनो सम्पुर्ण बिकेट गुमाई १ सय २ रनमै समेटिएको थियो । डाक्नेश्वरीका लागि राहुल मण्डलले २५, चित्र बहादुर बिष्ट २०, रोबिन सिंह १३ तथा प्रेम तामांगले १० रनको योगदान दिएका थिए । डाक्नेश्वरीलाई सस्तोमा समेटन तिलाठि कोईलाडिका तर्फबाट कमल ओलीले ४ ओभरमा ९ रन दिई ४ बिकेट लिएका थिए भने बिकास दास र सुनिल धमलाले सामान २ बिकेट तथा रोहित सिंह र अनिल यादवले सामान १ बिकेट लिएका थिए ।

डाक्नेश्वरीले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीको लागि रोहन बिकले सर्वा्धिक २५ रन, सुरज पटेलले १८, कमल ओली र प्रशान्त राइले १४ रन बनाए भने राष्ट्रिय खेलाडी समेत रहेका सुनिल धमलाले २ रन मात्रै बनाउन सके । तिलाठि कोईलाडि जाईन्टसलाई सस्तोमा समेटन डाक्नेश्वरीका रोबिन सिंहले घातक बलिंग गर्दै ४ ओभरमा १९ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने राहुल मण्डलले २ विकेट तथा चित्र बहादुर बिस्ट र दिपेश कंडेलले सामान १ विकेट लिए ।

लिग चरणको खेल सकिंदा अंकतालिकामा रुपनी राइडर्स ४ खेलमा ३ जित र १ नतिजाविहिन अंकसहित ७ अंक बटुल्दै शिर्षस्थानमा रह्यो । यस्तै ४ खेलमा ३ जित र १ हार बेहोरेको डाक्नेश्वरी ६ अंक बटुल्दै दोश्रो स्थानमा रह्यो । तिलाठी कोइलाडी र बोदे बर्साइनको ३र३ अंक रह्यो भने डिफेन्डिंग च्याम्पियन बजाज खडक वारियर्स जित विहिन रहँदै अंकतालिकाको पुछारमा रह्यो ।

प्रतियोगिताको फाइनल खेलमा सोमबार दिउसो १२ बजे मेहबुब आलम कप्तानको रुपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन बीच खेलिनेछ । लिगको विजेताले २ लाख तथा उप(विजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।