हवल्दारलाई गोली प्रहार गर्ने दिपेन्द्र जयसवाल भन्ने दीपेन्द्र चौधरी मारिए

हवल्दारलाई गोली प्रहार गर्ने दिपेन्द्र जयसवाल भन्ने दीपेन्द्र चौधरी मारिए
नविन राजन । सप्तरी ९ माघ । एक साताअघि सप्तरीमा प्रहरी हवल्दारलाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोप लागेका एक अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बुधबार बिहान भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् । 

सप्तरीको रुपनी नजिकै भएको जम्काभेटमा प्रहरी टोलीमाथि जयसवालले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी कारबाही गर्दा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिए । 

एक साताअघि सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार भएको थियो ।