७३० थान विभिन्‍न लागुऔषध सहित कारोबारी सप्तरी प्रहरीको फन्दामा

७३० थान विभिन्‍न लागुऔषध सहित कारोबारी सप्तरी प्रहरीको फन्दामा

मिती २०७५/१०/०६ गते  अ. १६:३० बजेको समयमा जिल्ला सप्तरी बोदेबर्साईन न.पा. ५ स्थित सत्रुधन चोकमा भारत बाट नेपाल तर्फ आउदै गरेको जिल्ला सिरहा लहान उ.न.पा. २३ बस्ने  बर्ष १८ को भरत यादवलाई ईलाका प्रहरी कार्यालय बोदेवर्साईन सप्तरीबाट खटी गएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा निजको साथ बाट नुर्फिन २९ पिस, फेनारागन ५१ पिस, डाईजेल्याप ५० पिस, नाईट्रोभेट ६०० पिस लागु औषध फेलापारी पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।