कांगे्रस नेतृत्वका कार्यदलको छलफल शुरु

कांगे्रस नेतृत्वका कार्यदलको छलफल शुरु

सप्तरी, १९ आसिन । कांगे्रसको नेतृत्वमा बनेकोे लोकतान्त्रिक गठबन्धनले बिहिबारदेखि छलफल शुरु गर्ने भएको छ ।
मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल सँगै पार्टी एकताको लागि सहमति भएपछि कांगे्रसले बुधबार गठबन्धन बनाएको थियो । कांगे्रससहित राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले गठबन्धन बनाउने निर्णय गरेको हो ।
बिहिबार बिहान कांगे्रसबाट २ र अरु पार्टीबाट एकएक जनाको नाम सिफारिस हुने र त्यसपछि गठबन्धनले काम शुरु गर्ने कांगे्रस नेता बालकृष्ण खाँडले संचारकर्र्मीहरुलाई जानकारी दिनुभयो । गठबन्धनले आगामी चुनावमा कहाँ कसरी तालमेल गर्ने भन्ने बारेमा शीर्ष नेताहरुको निर्देशनमा काम अघि बढाउने भएको छ ।