जिल्लाभर गठन भएका तथा सञ्चालनमा रहेका सबै प्रकृतिका सहकारी संस्था र संघहरुको नेतृत्वदायी छाता संघको रुपमा जिल्ला सहकारी संघ लि. सप्तरी रहेको छ । जिल्लाका बि.स. २०२९ साल माघ ८ गतेका दिन स्थापना भएकोे जिल्ला सहकारी संघ हो ।

सदस्यहरुको चौतर्फी विकासको उद्देश्य बोकेको सहकारी अभियानले जिल्लामा सघन उपस्थिती जनाई सकेको छ । हाल सम्म यस जिल्लामा बचत तथा ऋण दुग्ध, तरकारी तथा फलफूल, कृषि, बहुउद्देश्यीय, स्वास्थ्य, कृषि एवं पशुजन्य विभिन्न किसिमका सहकारीहरु स्थापना भई सञ्चालन भइरहेका छन् । मुलुकको अर्थतन्त्रको तिनवटा क्षेत्र मध्येको एउटा महत्वपूर्ण र सशक्त क्षेत्रको रुपमा संबैधानिक मान्यता पाएको सहकारी क्षेत्रको फैलावट र यसले समुदायस्तरमा पुर्याएको सकारात्मक योगदानहरुले दिनानुदिन विकास र विस्तार हुँदै गएको छ । हाल जिल्लामा स्थापित सहकारीहरु मध्ये बिभिन्न प्रकृतिका ८७ वटा प्रारम्भिक सहकारी संस्थाहरु र ३ वटा जिल्लास्तरीय बिषयगत संघहरु यस संघमा आवद्ध भइ नियमित सेवा लिनेदिने कार्य समेत गरिरहेकाछन् । राजविराजको मुख्य भागमा ०-५-२ कठ्ठा क्षेत्रफलको जग्गा र उक्त जग्गामा निर्मित गोदामघरसहित ७ कोठाको दुई तल्ले भवन र कार्यालय समेत रहेको संघको भौतिक संरचनालाई सहि सदुपयोग गराई समग्र सहकारी अभियानको दर्बिलो छाता संघको विकास गराउनु जरुरी देखिन्छ ।

जिल्ला सहकारी संघलाई व्यवसायिक संघको रुपमा विकास गर्दै सदस्य सहकारीहरुको विस्वासिलो छाता संघको रुपमा विकास गराउन व्यवस्थापन पक्ष महत्वपूर्ण हुनजाने भएकोले आवश्यकीय जनशक्ति थप गरी यसको विकासमा लाग्‍नु नै आजको आवश्यकता हो भन्ने महसुश भएको छ ।

संघमा रहेको भौतिक संरचनाहरुलाई सहकारीहरुको अपनत्व हुनेगरी शीत भण्डार निर्माण गरी सहकारीका संस्थागत गतिविधिहरुलाई एउटै छाताामूनी सञ्चालनमा ल्याउन सक्रियतापूर्वक लाग्‍नु जरुरी भइसकेको महसुश गरी सो सम्वन्धि कार्यलाई प्राथमिकता राखि कार्य गर्ने अठोट लिइएको परिप्रेक्ष्यमा बिभिन्न सरोकारवालाहरुलाई यस सहकारीको महान अभियानमा सहभागि भई महत्वपूर्ण राय, सल्लाह सुझावको अपेक्षा गरिएको छ ।

Opening Hours

Monday

10AM-5PM

Tuesday

10AM-5PM

Wednesday

10AM-5PM

Thursday

10AM-5PM

Friday

10AM-5PM

Saturday

Close

Sunday

10AM-5PM

Address & Contact