नेपाल पत्रकार महासंघ शाखा सप्तरी
प्रेस विज्ञप्ती

उपरोक्त सम्बन्धमा प्रदेश–२ का माननिय प्रदेश सभा सांसद श्री विदेश्वरप्रसाद यादव (विक्की) ज्यूले मिति २०७५ असार ९ गते दिउँसो साढे १२ बजे देखि राजविराज स्थित होटेल आई गार्डेनमा आयोजना गर्न लागेको संचारकर्मीहरुको सम्मान तथा संचार सामग्री हस्तान्तरण कार्यक्रम सम्बन्धी यस शाखा कार्यालयवाट संचारकर्मीहरुलाई फोन मार्फत जानकारी गराईएपनि उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कुनै समन्वयतात्मक भुमिका नरहेको सम्पुर्ण संचारकर्मीहरुलाई स्पष्ट पार्न चाहन्छौ ।

माननिय ज्यूको विषेश आग्रहमा यस शाखा कार्यालयले सञ्चारकर्मीहरुलाई जानकारी गराउने काम मात्रै यसशाखावाट भएको जानकारी सहित उक्त कार्यक्रममा यस शाखावाट संस्थागत रुपमा कुनै पनि प्रकारको सामग्री तथा सम्मान ग्रहण समेत नगरिने व्योहोरा सम्बन्धित सम्पुर्ण संचारकर्मी महानुभावहरुमा सादर अनुरोध गर्दछौ । कार्यक्रममा सहभागिता जनाए पनि यस शाखाको तर्फवाट संस्थागत रुपमा सम्मान वा सामग्री ग्रहण नगरिदिनु हुन शाखाका सम्पुर्ण पदाधिकारी, सदस्य एवम् आवद्ध सदस्यहरुमा यसै विज्ञपती मार्फत हार्दिक अनुरोध गर्दछौ ।

जितेन्द्र खड्गा
अध्यक्ष

Location: २०७५ असार ९ गते दिउँसो साढे १२ बजे देखि राजविराज स्थित होटेल आई गार्डेन